४ बैशाख,काठमाडौं/   कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठको २०७६ वैशाख ४ गते विहान ११ बजेर ५९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

करिब ५ महिना अघि नाकमा समस्या देखिएका कारण उहाँको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लु क्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै उहाँमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि उहाँको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किनु भएका उहाँले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्दै आउनुभएकाे थियाे ।

 पुष्कारलाल श्रेष्ठकाे ‘बायाेडाटा’ कामना प्रकाशनले news of nepal online ma सार्वजनजिक गरेको छ ।