हाम्रो संरचना बुधबार, भदौ ४, २०७६ 118 Views

 

Phot: new Agency

९ बैशाख, कोलम्बो/  श्रीलंकामा ३ चर्च र ४ होटल सहित ८ स्थानमा आइतबार भएका श्रृंखलावद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ । ५ सय भन्दा बढी घाइते भएका छन् ।

श्रीलंकाको पश्चिमी तटीय सहर नेगोबोको प्रख्यात सेन्ट सेबास्टियन चर्च, पूर्वी तटीय सहर बाट्टीकालोआको जियोन चर्च र कोलम्बोको कोच्चिकाडे जिल्लास्थित सेन्ट एन्थोनी चर्च, कोलम्बोका ठूला होटलहरू सांग्रिला, किङ्सबरी तथा सिनामन ग्रान्ड, देहीवालाको एउटा होटल तथा देमातागोडाको एउटा घरमा विस्फोट भएका हुन् ।

विस्फोटपछि रक्षा मन्त्रालयले स्थानीय समयअनुसार आइतबार साँझ ६ देखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ भने प्रमुख सामाजिक सञ्जालहरूमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ ।

सुरक्षाकर्मीहरूले अहिलेसम्म २४ जनालाई घटनामा सलग्न भएको आशंकामा प्रक्राउ गरिसकेको छ । यद्यपि सरकारले भने कसले यो घटना घटायो भन्नेबारे आधिकारिक जानकारी दिएको छैन ।

घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् ।
त्यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ ।

बम विस्फोटलाई सन् २००९ को गृहयुद्धपछिको सबैभन्दा ठूलो घटना भनिएको छ ।
त्यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ ।

इस्टरका कार्यक्रम भइरहेका बेला सबैभन्दा पहिला कोलम्बोको सेन्ट एन्थोनी चर्चमा विस्फोट भएको थियो भने त्यसलगत्तै नेगोम्बोको सेन्ट सेबास्टियन चर्च, बाट्टीकालोआको जियोन चर्च र कोलम्बोका तीन होटलमा लगातार विस्फोट भएका थिए । सातौं विस्फोट दक्षिणी कोलम्बोको देहीवालास्थित चिडियाखाना नजिकैको होटलमा भएको थियो ।

कोलम्बोको देमातागोडा जिल्लामा आठौं विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी एउटा घरमा छापा मार्न गएका बेला आक्रमणकारीले आफैंलाई बमले उडाउँदा घरको छत खसेर तीन प्रहरी अधिकारी मारिएका छन् । समाचार एजेन्सीहरु