आठौं राष्ट्रिय खेलकुद प्रतियागिता: अन्तीम दिन सम्म कस्ले कति पदक जिते ! आज भब्य समारोह बीच समापन गरिदै

Photo graphic: Kantipur

११ बैशाख, नेपालगञ्ज/ नेपाली खेलकुदको कुम्भमेलाको रुपमा लिईने गरेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्ज रंगशालामा आज एक भब्य समारोह बीच समापन हुदै छ आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरामा आयोजना गरिएको प्यारा ग्लाइडिंग र काठमाण्डौंमा नै हुने गल्प लगायत अन्य केही खेलहरुको परिणाम आउने अन्तीम चरणमा रहेको छ ।

आठौं खेलकुद प्रतियोगितामा सहभागी गराइएका ३५  खेल मध्य अधिंकासको परिणाम आईसकेको छ ।  जस अन्तर्गत प्रतियोगिताको १४ औं दिनसम्म २६६ स्वर्ण सहित कुल ९२७ पदकको टुंगो लागिसकेको छ । जसमा विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् ।

पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक १०७ स्वर्ण, ६३ रजत र ५६ कास्य पदकसहित कुल २२६ पदक जितेको छ ।

सशत्र प्रहरीको एपीएफ क्लबले ४८ स्वर्ण, ५७ रजत र ६१ कास्यसहित कुल १६६ पदक जितेर दोस्रो स्थान ओगटेको छ ।

तेस्रो स्थानको नेपाल पुलिस क्लबले ४५ स्वर्ण, ४१ रजत र ४० कास्य पदकसहित कुल १२६ पदक जितेको छ ।

प्रदेश ३ ले १९ स्वर्ण, ३५ रजत र ५२ कास्य पदक गरी १०६ पदक हात पारेको छ ।

प्रदेश ५ ले ९ स्वर्ण,२० रजत र ४४ कास्यसहित ७३ पदक जित्दा सुदुरपश्चिम प्रदेशले ८ स्वर्ण,८ रजत र २९ कास्यसहित ४५ पदक जितेको छ ।

गण्डकीले ९ स्वर्ण,१३ रजत र ३४ कास्य सहित ५६ पदक जितेको छ भने प्रदेश २ ले ६ स्वर्ण,७ रजत र १६ कास्यसहित २९ पदक जितेको छ ।

प्रदेश १ ले ७ स्वर्ण, १६ रजत र ५० कास्यसहित ७३ पदक जित्दा एनआरएनएले ५ स्वर्ण र ५ कास्यसहित १० पदक जितेको छ । कर्णाली प्रदेशले ३ स्वर्ण,४ रजत र १० कास्यसहित १७ पदक जितेको छ ।

आठौं २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी ५२ सय ११ खेलाडी सहभागी रहेका छन् । यस पटक ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कांस्यका लागि प्रतिस्पर्धा भईरहेको छ । जसमा २६६ स्वर्ण, २६४ रजत र ३९७ कास्य को परिणाम सार्वजनिक भइसकेको छ ।

नेपालगञ्ज रंगशालामा दर्शकहरुको बाक्लो उपस्थिती