हुम्लाको तांजाकोट क्षेत्रमा फैलिएको रोग एच१एन१ इन्फ्लुन्जा भएको पुष्टी

Picture : Health ebullition of who

२१ बैशाख, हुम्ला /  हुम्लाको तांजाकोट क्षेत्रमा फैलिएको रोग इन्फ्लुन्जा भएको पुष्टी भएको छ । १० जनाको ज्यान जाने गरि फैलिएको उक्त रागको नियन्त्रणको लागि कणाली प्रदेश सरकारको स्वास्थ्य बिभागले तुरन्तै एक्सनमा गएर नियन्त्रण को प्रयास गरेकाले रोग नियन्त्रणमा आएको स्वास्थ्य कर्मिहरुले जानकारी दिनुभएको छ ।

हुम्लाको ताजाकोटमा फैलिएको मौसमी रुघाखोकी इन्फ्लुन्जाको काठमाडौंको टेकु स्थित केन्द्रीय प्रयोगशालामा ५ बिरामीको खकारको नमुना (थ्रोट स्वाब) परीक्षण गरिएकोमा १ जनामा बिरामीमा एच१एन१ प्रकारको इन्फ्लुन्जा भाईरस भेटिएको हो ।

चार दिन प्रभावित क्षेत्रमा बसेर फर्किएका कर्णाली प्रदेश अस्पतालका डा.के.एन. पौडेलका अनुसार यो एच१एन१ प्रकारको इन्फ्लुन्जा छिटो फैलिने प्रकारको मौसमी रुघाखोकी भएको बताउनु भयो । त्यसको सरुवा दर तीव्र हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई बढी असर पुर्‍याउँछ र हुम्लामा बालबालिका र वृद्धवृद्धाको मृत्यु हुनुको कारण पनि यही भएको उहांले बताउनु भयो ।

२०७५ चैत महिनाको अन्तिम साता देखि हुम्लाको ताजाकोट क्षेत्रमा फैलिएको इन्फ्लुन्जाबाट १० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य विभागका जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्ले पुष्टी भएको बताउनु भयो । वाग्लेका अनुसार प्रभावित क्षेत्रमा अहिले पनि मुगुको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रका डा. मनोज तिमिल्सिना समेतको टोलीले बिरामी उपचार गरिरहेको र रोग धेरै हदसम्म नियन्त्रण भइसकेको छ भने, फाट्टफुट्ट देखिएका बिरामीमा पनि एन्टिभाइरल औषधि प्रयोग गरिएको छ ।