हाम्रो संरचना शुक्रबार, साउन ३, २०७६ 182 Views

२२ बैशाख,बर्दिया/ बर्दियाको राजापुर नगरपालिका वडानम्बर २ प्रगति गाउँमा श्रीमतीको हत्या गरेपछि श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् ।

स्थानीय जीतबहादुर थारुले शनिबार राति श्रीमती अनिताको घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया मातहतका इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मदन जित महतराले बताउनुभएको छ । जीत बहादुरले झुण्डिन थाल्दा उनकी छोरीले कराएको प्रहरीको भनाई छ।

प्रहरीले झुण्डिएको अवस्थामा उनको शव फेला पारेको जनाएको छ। हत्या र झुण्डिएको घटनाको अनुसन्धान भइरहेको प्रनाउ महतराले बताउनुभएको छ ।