बांके/बर्दियामा पनि भु-माफियाको चलखेल: सिक्टा सिंचाई आयोजना कार्यालय रहेको करोडोंका मुल्यको जमिन ब्यक्तीको नाममा

२५ बैशाख, नेपालगञ्ज/ नेपालको गौरबको आयोजनाको रुपमा लिइएको सिक्टा सिचाई आयोजनाको हक भोग तथा श्रेस्ता कायम रहेको ५ कटठा १३ धुर जमिन जग्गाको माफियाहरुले आफनो नाममा गरेको पर्दाफास भएको छ ।

बांके जिल्लाको साबिक खासकारकादो गाबिस वडा नम्बर ७ हाल नेपालगञ्ज उप-महानगरपालीका वडा नम्बर १८ कारकादो स्थित नेपालगञ्ज–कोहलपुर सडक खण्डमा रहेको सिक्टा सिंचाई आयोजनाको मुल कार्यालय रहेको जमिन भु–माफियाहरुले केही कर्मचारीहरुसंगको मिलेमतोमा ब्यक्तीको नाममा गरेको पाइएको हो ।

नेपालगञ्ज उप महानगरपालिका वडा नम्बर ३ देबीगञ्ज बस्ने कौशल भन्ने खैरुल हसन अन्सारी समेतका केही अपराधी मनोबृद्धिका ब्यक्तीहरु मिलेर सरकारी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर सिक्टा सिंचाई आयोजनाको सरकारी कार्यालय रहेको जग्गा आफन्तको नाममा बनाएर बिक्री तथा दृष्टिबन्धक गरेको अवस्थामा पाइएको छ ।

घटना बिवरणको अनुसन्धानको क्रममा नेपालगञ्ज वडा नम्वर ३ बस्ने बर्ष ३५ को कौशल भन्ने खैरुल हसन अन्सारीले साबिक को खासकारकादो वडा नम्बर ७ मा रहेको सिट नम्बर ७ को कित्ता नम्बर २१० मा रहेको ५ कटठा १३ धुर जग्गा ( हाल प्रति कटठा करोडौं मुल्यको उक्त जग्गा) मालपोत कार्यालय बांकेका केही कर्मचारीहरुको मिलेमतोमा आफनो आमा हसरतुन अन्सारीको नाममा गराएको पाइएको छ ।
कौशल भन्ने खैरुल हस्न अन्सारीले नेपालगञ्ज स्थित जिल्ला मालपोत कार्यालयका सहयोगी अन्तराम चौधरी, लेखनदास बिरु खडका, सब्बा राम बहादुर खडका समेतको केही कर्मचारीहरुको सहयोगमा मालपोत कार्यालयमा रहेका पुराना फाइलहरुको चियो चर्चो गरि पुरना फाइलहरुमा जग्गा दर्ता श्रेस्ता छुटेका वा इस्पष्ट नभएका जग्गाहरु कर्मचारीहरुको सहयोगमा खोजी आफन्तको नाममा सक्कली झै नक्कली श्रेस्ता तयार गर्न लगाउने गरेको पाइएको छ ।

सोही क्रममा कयौं पटक जग्गाको पुरानो श्रेस्ताहरु मालपोत कार्यालय बांकेबाट निकालेर नेपालगञ्जको बसपार्कमा रहेको होटेल दरबारमा कोठा लगेर केही जानकारी कर्मचारीहरुको सहयोगमा पुरानो जग्गाको श्रेस्तामा आफनो आफन्तको नाममा श्रेस्ता कायम गर्ने गरेका थिए ।
सिक्टा सिचाई आयोजनाको जग्गा पनि मालपोत कार्यालयबाट पुरानो हकभोग उल्लेखख गरिएको फाइल दरबार होटेलमा कोठा लगेर जग्गाको पुरानो मोठ उल्लेख भएको पाना च्यातेर नयां पाना बनाएर पानी टेपले टांसेको पाइएको छ ।

उक्त पुरानो मोठबाट सिक्टाको हकभोगको श्रेस्ता हटाउन मालपोत कार्यालय बांकेमा ततकालीन कार्यरत लेखनदास बिर खडका र सुब्बा राम बहादुर खडका मार्फत रु७ लाख ५० हजार दिएको उक्त जग्गा तथा ब्यक्ती हत्याका आरोपी कौशल भन्ने खैरुल असन अन्सारीले बताएका छन ।

सिक्टा सिंचाई आयोजनाको उक्त जग्गा श्रेस्ता मालपोत कार्यालयमा रहेको पुरानो फाइलहरुमा सच्याए पनि भुमिसुधार कार्यालयको जग्गाको हकभोग तथा फिल्डमा कायम रहेकाले उक्त जग्गामा कृर्ते कागज तयार गरि आफनो आमाको नाममा जग्गा गराई अन्य २ जना ब्यक्तीबाट बिभिन्न समयमा दृष्टिबन्धक समेत गरिसकेको अवस्थामा पछील्ल्लो पटक ३० लाखमा दृष्टि बन्धक गरेको अवस्थामा उक्त जग्गा पाइएको छ ।
सरकारी कार्यालयहरुमा कार्यरत जिममेवार ब्यक्तहिरुले आफनो कार्यालयको सम्पती विवरण तथा कागजातको ख्याल नगर्दा यसरी सरकारी कार्यालयको जग्गा समेत ब्यक्तीको नाममा लैजादा मौन बस्ने गरेको पाइएको छ । कौशल भन्ने खैरुल हसन अन्सारीले सिक्टा सिचाई आयोजनाको जग्गा आफनो नाममा गराएर नाप–जांच गर्न नापी अधिकृत सूर्य ढकाल लिएर जांदा समेत सिक्टाका कर्मचारीहरुले बषौं देखी आफनो कार्यालय बसेको जग्गा नापी गर्दा सांछी समेत बसेको पाइएको छ ।

खैरुल भन्ने कौशलले सिक्टा सिंचाई आयोजनाको जग्गामा श्रेस्ता होटलमा लगी मोठहरुमा बिक्रम सम्वत २०३० आफना स्वर्गिय पिता मुजीबुल हसन अन्सारीको नाममा दर्ता रहेको उल्लेख गरि उक्त दर्ता रहेको जग्गा मालपोतका केही कर्मचारीहरुको मिलेमतोमा आफनी आमा हसरतुन अन्सारीको नाम नामसारी तथा हालसाबिकका लागि गत २०७५ साल असार २४ गते निवेदन दिएको पाइएको छ ।
उक्त निवेदनलाई आधार बनाएर मालपोत कार्यालय बांके असार ३१ गते जग्गा धनी पूर्जा दिएको र सोही दिन नै कौशलले अलका गुप्तालाई रु ५ लाखमा दृष्टिबन्धक गाराएका थिए । त्यसको केही दिन पछी उक्त दृष्टिबन्धक अर्को ब्यक्ती बेद प्रकाश बर्मालाई रु ३० लाखमा गरेको देखिन्छ । क्रमश…..

सम्बन्धित शीर्षक