ढुङ्गा प्रहारबाट एकको मृत्यु

१५ जेष्ठ,पोखरा/  कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ ओखरबोट बस्ने ५२ वर्षीय गोरे भनिने मान काजी विकको मङ्गलबार ढुङ्गा प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

सोही ठाउँ बस्ने ६५ वर्षीय सन्ते विकले घरायसी झगडाको क्रममा टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको मृत्यु भएको हो । ढुङ्गा प्रहार गर्ने सन्तेलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।