हाम्रो संरचना सोमवार, भदौ ३०, २०७६ 271 Views

२२ जेष्ठ, काठमाडौं । नेपालि सांगीतिक बजारमा पछिल्लो समय नेपाली लोक संगीतमा गीतको वर्षा भइरहेको बेला लोक तथा दोहोरी गायक बिशाल सोनीले  ‘नौ जाले माया’ सार्वजनिक गरेका छन् । माया प्रेम र बिछोडले भरिएका गीतहरुले दर्शक, श्रोताको मन जित्न सफल भएका गायक सोनीले अहिले  ‘नौ जाले माया’ बजारमा ल्याएका हुन् ।

बिशाल सोनीको उत्कृष्ट लय तथा शब्दमा गायक बिशाल सोनीको र गायिका सीमा सुनारको सुमधुर स्वर रहेको छ । आशिष अविरलले संगीत संयोजन गरेका छन् । गीतको म्युजिक भिडियोमा गायक सोनी, ओवि रायमाझी, उमंग श्रेष्ठ र शोभा सुनारको अभिनय रहेको छ ।
गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने छायांकन प्रकाश खड्काले गरेका हुन । यस गितको सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । गीत गायक सोनीको आफ्नै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।