ट्रकमा यात्रा गर्दै गरेकी दुई महिला सामूहिक बलात्कार

४ असार, काठमाडौं / लिखु तामाकोसी गाउँपालिका–७ मा दुई महिलामाथि सोमबार सामूहिक बलात्कार भएको छ । धोवीबाट ना७ख७२१५ नम्बरको ट्रकमा सदरमुकाम मन्थली जाँदै गर्दा उनीहरुमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

ट्रकका चालकसहितको समूहले सोमबार दिउँसो लिखु–तामाकोसी गाउँपालिका–तिल्पुङस्थित ढ्याग्रे जंगलमा दुई महिलालाई बलात्कार गरेको रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार धोवीबाट मन्थलीतर्फ आउने सवारीसाधन नपाएपछि दुई महिला ट्रकमा चढेर मन्थली फर्किँदै थिए । उनीहरुमध्ये एक विवाहित र अर्की अविवाहित रहेको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।