हाम्रो संरचना सोमवार, भदौ ३०, २०७६ 96 Views

६ असार, काठमाडौं / नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुने बताएका छन्। यसका लागि प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको उनको भनाइ छ।

प्रेस संगठन कास्कीको आयोजनामा बिहीबार पोखरामा भएको पत्रकार सम्मेलनमा उनले यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेका बेला पुनर्गठन हुने बताए।

आलोपालो प्रधानमन्त्री हुने विषयमा पत्रकारले सोधेको प्रश्नमा पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकता हुँदा भएको सहमति, समझदारी र हस्ताक्षर गर्दा यसबारे प्रस्ट उल्लेख भएको बताए । यो खबर आजको यो अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।