सुन्दर आर्ट ग्यालरीहरुमा छाईरहेका नेपालगञ्जका बिक्कु अब काठमाण्डौंको चक्रपथमा “आर्टस एन ट्याटु ट्रेनिङ स्टुडियो” मार्फत जम्दै

भनिन्छ कला र गला भगवानबाट आर्शिबाद प्राप्त गर्नुपर्दछ । त्यस्तै आर्शिबाद प्राप्त ब्यक्ती हुनुहुन्छ बिक्कु थापा । नेपालगञ्जको वडा नम्वर २ घरबारी टोल निवासी थापा हाल स्वदेश तथा बिदेशमा आफना कला मार्फत छाईरहनुभएको छ ।

काठमाण्डौंका ललितकला केन्द्रबाट उच्च शिक्षा प्राप्त गर्नुभएका बिक्कु संग अध्ययन गर्नुभएका बद्रि पंगेनीहरु आफनो गलाको कलाले देश तथा बिदेशमा छाईसक्नुभएको छ । आफनो कला अर्थात आर्टमा स्थापित बिक्कु थापा देश तथा बिदेशका महंगा तारे होटेल देखी आफना प्रेमी प्रेमिका लागि सुन्दर कला कृर्तिमा सजाईदिन आग्रह गर्नेहरुको मन आफनो आर्ट मार्फत बुझाईदिन ब्यस्त हुनुहुन्छ  ।

हाल काठमाण्डौंको चक्रपथ –बांसबारी सडक खण्डको एमएन सञ्चार केन्दसंगै “आर्टस एन ट्याटु ट्रेनिङ स्टुडियो” मा रहेर आफनो कला समाजका लागि हस्तान्तरण गर्दै आउनुभएको थापा भन्नुहुन्छ “सुन्दर देश नेपालका अनगिन्ती क्यानभास र आफना पुर्वज वा आफन्तको तस्बीर टाटु मार्फत शरिरमा उतारीदिन आग्रह गर्न आउनेहरुको संख्या नेपालमा धेरै रहेको छ भने बिदेश मा आफनो बैठक कोठा र पारिवारिक तस्बीर आर्ट मार्फत उतारिदिन आग्रह गर्नेहरुको संख्या बढी रहेको छ ।”

नेपालमा आफना छोराछोरीहरुलाई ललितकला केन्द्रमा बिरलै अध्ययन गराउन खोज्ने बाबुआमाका लागि उदाहरणिय बन्न पुगेका छन लोक गायक बद्रि पंगेनी, सिन्धु मल्ल र बिक्कु थापा जस्ता कलाकारहरु ।

बिक्कुको उच्च शिक्षा ललितकला केन्द अध्ययन पछी धेरै समय बिदेशमै बितेको र नेपालमा भन्दा बिदेशमा आर्टको महत्व र माग बढी भएकाले उतै केही समय बित्यो । उनका कलिलो हातबाट बनेका सुन्दर कला कृर्तिहरु हाल खाडी मुलुक देखी युरोपियन मुलुकका बिभिन्न महगा होटेल तथा ब्यक्तीका घरहरुमा सजिएका छन ।

बिदेशमा कलाको मुल्य असिमिति रहेपनि नेपालीको मन, जस्तो भएपनि घरपरिवार संगै आफनो कलालाई ब्यवसायिकरण गरेर नेपालमै जम्ने उदेश्यले नेपाल भित्रिएका बिक्कु ।

केही समय नेपालगञ्जको घरबारी टोलमा आफनै घरमा केही समय आफनो कला प्रस्तुत गरे पनि आर्टको बजारिकरणका लागि काठमाण्डों छिरेका बिक्कु आफनो उच्च स्तरिय आर्टका कारण छोटो समयमा नै काठमाण्डौंको चक्रपथ स्थित एमएन सञ्चार केन्द्र संगै आर्टस एन ट्याटु ट्रेनिङ स्टुडियो’मा आफना ब्यक्तीगत तथा ब्यवसायिक प्रयोजनका लागि बिभिन्न किसिमका आकृति बनाईदिन आग्रह गर्नेहरुको बाक्लो उपस्थित हुन सुरु भईसकेको बताउनुहुन्छ ।

विक्कु बाल्यकालदेखि नै विभिन्न आर्ट गर्न रुचाउँथे । विक्कुको आर्टप्रतिको गहन झुकावका कारणले उनको बुबाले उनलाई एसएलसीपछि ललितकला क्याम्पसमा भर्ना गरिदिनुभएको थियो । ललितकलाबाटै फाइन आट्र्समा ब्याचलर पढ्दा पढ्दै साउदी अरबबाट आट्र्सकै क्षेत्रमा कामको राम्रो अवसर आएपछि थापा सन २००४ मा पहिलो पटक साउदी अरब जानुभएको थियो ।

साउदीमा दरबार देखि ठूला–ठूला महलहरू र घरहरूमा पनि इन्टेरियर आर्ट गरेर अनुभव सँगालेका । बिक्कुले साउदीका कयौँ भित्ताहरूमा कलात्मक आट्र्स गरिसक्नु भएकोले उक्त कला देखेर बहराईनमा केही ब्यक्तहिरुको आग्रहमा पुन आट्र्सकै क्षेत्रमा काम गर्न बहराईन गएका बिक्कुले त्यहं रहदा सम्म आर्ट केन्द्र मार्फत कयौं मुलुकका ब्यक्ती तथा ब्यवसायिक प्रतिष्ठानमा आफनो कला कृति सजाउन पुग्नुभएको थियो ।

आफनो आर्ट सम्वन्धी अध्ययन सगै नेपालमा उच्च माग रहेको टाटु सम्वन्धी बिक्कुले पुराना दिनहरु सम्झीदै ट्याटुको लागि आफनै सहपाठीको सहयोग पनि स्मरणिय रहेको बताउनु भयो ।

विक्कुकै शब्दमा  “म सँगै पढेर स्कलरसिपमा अमेरिका गएको एक प्रिय साथी मन गुरुङलाई ट्याटुको लागि सहायताको लागि सम्झे र सम्पर्क गरे । उहांले तुरुन्त मलाई अमेरिकाबाट ट्याटुको समान कुरिएर गरीदिनु भयो।
यसरी समान पाएपछि मैले त्यही समानसँगै आएको नक्कली प्लास्टिक स्किनमा प्राक्टिस गरे र पहिलोपटक एक जना फिलिपिनी साथीको हातमा पहिलो ट्याटु खोपे । ”

म पहिले नै आट्र्स पढेको आर्टिष्ट भएकोले ब्रसको ठाउँमा ट्याटु मेसिन चलाउन त्यति गाह्रो भएन । त्यसमाथि लगभग १ वर्ष ट्याटु सम्बन्धी सबै सैद्धान्तिक ज्ञान लिइसकेकोले यसबाट हुन सक्ने खतरा र रोगहरूमा म सुरुबाट नै सचेत र सजग थिएँ । यसरी केही महिना नेपाली र फिलिपिनी साथीहरूलाई सित्तैमा ट्याटु हाने र पहिलो पटक २००९ मा पैसा लिएर व्यवसायिकरुपमा ट्याटु हान्न थालेँ ।’

छोटो समयमै ट्याटु हान्ने कलामा राम्रो हात बसेपछि विक्कुले राम्रै बजार बनाउनुभएको छ । गल्फमा ट्याटु इलिगल भएकोले स्वास्थ्य मन्त्रालय बाट पटक–पटक उनलाई वार्निङ र धम्की आएपछि सन् २०१६ मा उनलेले विदेश छाडेर नेपालमै केही गर्ने सोच बनाएर फर्किन बाध्य भए । उनले बिदेशको लगभग १० वर्ष बसाइमा बटुलेको लामो संर्घष पाठ, अनुभव, सुख दुःख, ज्ञान, सिप र क्षमता लाई बटुलेर नेपालमा ट्याटु क्षेत्रमा सचेतनात्मक अभियान सहित लागेका बताउनु भयो ।

विक्कु भन्नुहुन्छ:‘मेरो जीवनको एउटा सुखद कुरा के छ भने बिदेशमा आफ’सँगै ट्याटु हान्न स्वदेशी तथा विदेशीहरू एक महिनासम्म पालो कुरेर बस्थे । नेपाल फर्किएपछि फाइन आर्टसमै स्नातकोत्तर (मास्टर डिग्री)  अध्ययन सकेर अझ सशक्त र क्रियाशील रूपमा आट्र्स र ट्याटुको क्षेत्रमा निरन्तर लागिरहन’भएका बिक्कु आखिर सफलता भनेको निरन्तर एउटै क्षेत्रमा डटेर सुख दुःखलाई आत्मसाथ गर्दै लागिरहनु पर्ने उहांको बुझाईरहेको छ । उहां  नेपालमा भर्खर–भर्खर ट्याटुको फेसन भित्रिएकोले युवा–युवतीमा निकै क्रेज देखिएको छ ।

तर दुःखद कुरा के छ भने छ्याप–छ्याप्ती मेसिन किन्ने र बिना ज्ञान एकदमै अस्वस्थ वातावरणमा ट्याटु हान्ने गरेको विकृत अवस्था रहेको छ । मलाई यस्ता– विकृति फैलिँदै गरेको देखेर, भविष्यमा हुनसक्ने खतरा देखेर र रोगमय समाजको कल्पनाले डर लाग्न थालेपछि नेपालमा ट्याटु हान्ने सम्बन्धी जनचेतना र सजगकताका ज्ञानहरू प्रवाह गर्ने अभियान चलाउन जरुरी लागेर अहिले ट्याटु स्पेसलिस्टको रूपमा काम गर्दै आएको छु ।’ 
ट्याटु भनेको डाइरेक्ट ब्लड र व्यक्तिँग सरोकार राख्ने भएकोले एकजनाबाट अर्कोमा रोग सजिलै सर्न सक्छ । अल्पज्ञानले हुने खतराबाट समाज र हाम्रो युवाहरूलाई जोगाउन उहांले लिएको ट्याटुसम्बन्धी बृहत्त ज्ञान अहिलेका उदाउँदो नयाँ युवा कलाकारहरूमा दिन मन लागेर र आफूले दश वर्ष हजारौँ ट्याटु हानेर पाएको अनुभव बाँड्न मन लागेर आर्ट एन्ड ट्याटु ट्रेनिङ सेन्टर दर्ता गरेर ट्याटु आर्टिस्ट हुन चाहने युवाहरूलाई सम्पूर्ण ज्ञान बाँड्दै आउन’भएको छ ।

यो पैसा कमाउने ध्येय भन्दा पनि अहिलको ट्रेन्डमा आएको ट्याटु क्रेजबाट युवापुस्तालाई हुनसक्ने एचआइभी, हेपाटाइटीस बी, टीटानस जस्ता संक्रमयुक्र रोगहरूबाट जोगाउनु र सचेत गराउनु प्रमुख ध्येय रहेको उहां बताउनु हुन्छ ।

थापा ट्याटु हान्न मात्र हैन सबै खाले आट्र्समा अब्बल हुनुहुन्छ । आफ्नै सिर्जनशीलतामा विश्वास गर्ने थापाले अहिलेसम्म दशौँ हजार मानिसहरूलाई ट्याटु हानिसक्न’ भएको छ भने हजारौँ मानिसहरूको स्केच उतारिसक्न’ भएको छ। हजारौँ कलात्मक चित्रहरू कोरेको , हजारौँ भित्ताहरूमा कलात्मक आर्ट पेन्टिङ गरेको अनुभव उहांसंग रहेको छ। उहां भन्नुहुन्छ : “म चित्र पनि कोर्छु, ट्याटु पनि बनाउँछु, ट्याटु तालीम पनि दिन्छु र इन्टेरीयर वाल डेकोरेसन पनि गर्छु । म एकदमै प्रोफेसनल रूपमा ट्याटु फिल्डमा छु । मैले प्रयोग गर्ने रंगहरु र समानहरू अमेरिकाबाट सिधा मगाउने गरेको छु । त्यसर्थ, मेरो हालको प्रत्येक मिनेट व्यस्ततामै बित्ने गरेको  ।“

उहां अगाढी भन्नु भयो ‘मलाई आफ्नै देशमा ट्याटुबारे जनचेतना कार्यक्रम सञ्चालन गर्न सकेकोमा गर्व लाग्छ । ट्याटु हान्ने वा ट्याटु खोप्ने कार्य बहुतै संवेदनशील कार्य हो । बहुत सावधानी र सचेत हुनुपर्दछ । किनभने ट्याटु भनेकै घाउ बनाएर रङ्ग भर्ने हो । गुणस्तरीय ट्याटु पछि सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हो जसलाई हामी नेपालीहरूले बेवास्ता गरिँदै आएका छौ ।

म मेरो जीवनभर आर्ट र ट्याटु क्षेत्रमै निरन्तर लागिरहने छु । नेपालमा अझै पनि ट्याटुबारे जनचेतना कमी देखिएकोले भविष्यमा मेरो ट्याटु सेन्टरलाई विस्तार गरेर ट्याटु स्कुल बनाउने लक्ष्य बोकेको छु । किनभने ट्याटु व्यवसाय विश्वका अन्य मुलुकहरूमा बहुत प्रतिष्ठित व्यवसाय हो । यसमा मैले मेरो राम्रो भविष्य कोरिसकेको छु ।

मैले अहिले सम्ममा ट्याटु हान्दा थोरैमा १००० र धेरैमा ४५००० सम्म लिएको छु र आर्ट बेच्दा सस्तोमा १५०० देखि ३५०००० सम्ममा बेचेको छु । यो पेसा नाम, दाम र प्रतिष्ठा भएको पेसा हो । लगनशिलरुपमा र सिर्जनसिलरुमा काम गरे इच्छुक सिर्जनसील युवाहरूले यो क्षेत्रमा सफलता हासिल गर्न सक्छन् ।’

नेपालमा टाटु व्यवसाय पछिल्लो समय प्रतिस्पर्धात्मक नै छ । यतिसम्मको विकृत अवस्थामा छ कि व्यवसायको नाममा लुगा सिलाउने सियोले समेत ट्याटु खोप्छन । एउटा सियोले एकजनालाइ मात्र खोप्नु पर्दछ । तर, नेपालमा त्यही सियो धेरैलाई प्रयोग गर्ने गरेको पनि पाइन्छ जसले गर्दा खतरानक रोगहरूको जोखिम रहिरन्छ ।

त्यसर्थ, ट्याटु जस्तो जोखिमयुक्त कार्यको नेपाल स्वास्थ्य मन्त्रालयले पनि निगरानी राखोस भन्ने आफ्नो चाहाना भएको उहां बताउँन’ह’न्छ ।
थपाका अनुसार ‘रोग लाग्नुभन्दा पहिला नै हामीले स्वास्थ्यबारे सोच्नुपर्दछ । टुयाटुका कारण धेरै खतरानक रोगहरू उब्जिन सक्ने खतरा रहेकोले सुरक्षा र सावधानीबारे हामीले अनिवार्य सचेत रहनु पर्दछ ।

गुणस्तरीय र विज्ञ टाटुकारहरुबाट मात्र टाटु खोप्न सबैलाई मेरो हार्दिक अनुरोधसमेत छ । मेरो निरन्तरको सङ्घर्ष, मेरो परिवारको सपोर्ट, मेरा सम्पूर्ण आफन्तजनहरूको आशीर्वाद र मेरा प्रिय मित्रहरूको सहयोगले मैले आट्र्सको क्षेत्रमा राम्रो सफलता पाइरहेको छु । त्यसर्थ, मलाई सहयोग र साथ दिनुहुने सम्पूर्णजनमा हार्दिक धन्यवाद भन्न चाहन्छु । हाल चक्रपथ महाराजगन्ज चोकमा मेरो ‘आर्टस एन्ड ट्याटु ट्रेनिङ स्टुडियो’ छ । यहाँ आएर आट्र्ससम्बन्धी शिक्षा वा आट्र्स सम्बन्धी सम्पूर्ण कामको अर्डर दिन सक्नुहुनेछ ।’