हाम्रो संरचना शनिबार, साउन ४, २०७६ 92 Views

११ असार, अछाम / अछामको चौरपाटी गाउँपालिका–३ शोकट स्थित मुली कोलगैरामाबुधबार बिहानै  से१त ७८३९ नंको ट्र्याक्टर दुर्घटना हुँदा  ३ जना विद्यार्थीको मृत्यु र ४ घाइते भएका हुन् ।

मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो । ट्र्याक्टर चालकले भने हामफालेर ज्यान जोगाएका छन् ।

अन्य चार घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिनुभएको छ ।