भुमाफियाले गरे सेनाकै जग्गा अतिक्रमण

१२ असार, काठमाडौं /  नेपाली सेनाले भोगाधधिकार पाएको भक्तपुरस्थित सूर्यविनायक ब्यारेकको जग्गा किनबेच भएको छ। सेनाको सूर्यविनायक ब्यारेकभित्र रहेको ३ रोपनी १ आना र २ पैसा जग्गा व्याक्तिको नाममा दर्ता गरिएको छ।

उक्त जग्गा सेनले २०४५ सालमा अधिग्रहण गरेको थियो । सेनाको जग्गा व्यक्तिले किनेको विषयमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बोल्न चाहेनन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।