हाम्रो संरचना शुक्रबार, अशोज ३, २०७६ 77 Views

१३ असार, भक्तपुर / २०७५ सालको एसईईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ । गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए । तीमध्ये तीन लाख २५ हजार तीन सय ३० ९७०.८४ प्रतिशत० सामुदायिक र एक लाख ३३ हजार नौ सय ४५ ९२९.१६ प्रतिशत० निजी विद्यालयका छन् ।

नतिजाअनुसार १७ हजार पाँच सय ८० विद्यार्थीले ए प्लस ग्रेड अंक ल्याएका छन् । तीमध्ये सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ परीक्षार्थीले ए प्लस ल्याएका छन्। जुन १५.८८ प्रतिशत मात्रै हो। निजी विद्यालयका ८४.१२ प्रतिशत अर्थात् १४ हजार सात सय ८८ जना परीक्षार्थीले ए प्लस ल्याएका छन्।

त्यस्तै ए ग्रेड ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत एवं निजी विद्यालयको तुलनामा न्यून छन् । कुल ५१ हजार एक सय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशत छ। जुन ए प्लस ग्रेडभन्दा ६ प्रतिशत बढी हो । निजी एवं संस्थागत विद्यालयका ७८.०६ प्रतिशत अर्थात् ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ए ग्रेड ल्याएका छन् ।

बी प्लस ग्रेड ल्याउने परीक्षार्थीतर्फ पनि सामुदायिकलाई निजीले उछिनेको छ । कुल ६३ हजार सात सय ४१ परीक्षार्थीको बी प्लस छ । सामुदायिकका ४१.३६ प्रतिशत अर्थात् २६ हजार तीन सय ६६ परीक्षार्थीले बी प्लस ल्याएका छन् ।  निजी विद्यालयका ५८.६४ प्रतिशत अर्थात् ३७ हजार तीन सय ७५ जनाले बी प्लस ग्रेड ल्याए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।