हाम्रो संरचना आइतवार, मंसिर १, २०७६ 158 Views

१७ असार, काठमाडौं / देशमा आर्थिक संकुचन हुँदै जाँदा गत वर्षभन्दा स्वीस बैँकमा नेपालीले धेरै पैसा थुपारेको देखिएको छ। स्वीस बैँकमा धन थुपार्ने राष्ट्रको सूचीमा यस वर्ष नेपाल १सय ९ औँ स्थानमा पुगेको छ।

गत वर्ष नेपाल १ सय १२ औँ स्थानमा थियो। स्वी नेशनल बैँक (एसएनबी) को प्रतिवेदनअनुसार स्वीट्जरल्याण्डको बैँकमा सबैभन्दा बढी पैसा संयुक्त अधिराज्यको रहेको छ भने भारत ७६ औँ स्थानमा छ।

स्वीस बैँकमा जम्मा दुईतिहाई धन शीर्ष १० देशका मानिसको छ।स्वीस बैँकमा धन थुपार्नेमा अमेरिका दोश्रो स्थानमा छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।