हाम्रो संरचना आइतवार, मंसिर १, २०७६ 103 Views

१८ असार, अछाम / अछामको साफेबगरमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन । घाइतेहरु ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

ना ७ ख २५ ६४ नम्बरको पवनदुत यातायात महेन्द्रनगरबाट बाजुराका लागी छुटेको बस सडकबाट २५ मिटर तल खसेको हो । स्थानीयका अनुसार घाईतेहरुलाई अहिले उद्धार गररे बयालपाटा अस्पताल लगीएको छ ।

विपरित दिशाबाट आईरहेको गाडीलाई साईड दिनेक्रममा सडकभासिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।