राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी

१९ असार, काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी्भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ । पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै प्रकाशित हुनसकेको छैन ।

प्रकाशन गर्ने अन्तिम तयारी पुगेको अवस्थामा पुनःसमावेश गर्ने विषयमा कुरो नमिलेपछि विवाद सुरु भएको हो । उक्त प्रतिवेदनमा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले जनताको बहुदलिय जनवाद समावेश गर्नुपर्ने प्रस्ताव दोहोर्याएपछि अवस्था पहिलेकै बाटोमा फर्केको छ । एकीकरणको काममा जुटनपर्ने अध्यक्षद्धय पुनः राजनीतिक प्रतिवेदनमै केन्द्रीत हुनपरेको छ । उक्त प्रतिवेदन सम्पादन गर्ने जिम्मेवारी सचिवालय बैठकले अध्यक्षद्धयलाई दिएको थियो ।

पार्टी एकतापूर्व नै दुई अध्यक्षबीच पार्टीको कार्य्दिशाबारे सहमति भइसकेको थियो । तर सचिवालय बैठकमा नै राजनीतिक प्रतिवेदन संशोधन गर्नुपर्ने माग उठेपछि केन्द्रीय सदस्यहरुको कार्य विभाजनको एजेण्डा नै छायाँमा परेको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।