हाम्रो संरचना शुक्रबार, अशोज ३, २०७६ 167 Views

२१असार,गोरखा/  जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावललाई प्रहरी प्रधान कार्यालय नक्सालले जिम्मेवारीबाट हटाएको छ । प्रदेश प्रहरी कार्यालयको अनुगमनका क्रममा बुधबार दिउँसै मदिराले मातेको अवस्थामा भेटिएपछि रावल तत्काल जिम्मेवारीबाट मुक्त भएका हुन् । उनलाई प्रदेश ६ सुर्खेत सरुवा गरिएको छ भने उनको स्थानमा अपराध महाशाखामा कार्यरत एसपी ओम अधिकारी काज सरुवा भएका छन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेका अनुसार व्यापक गुनासो आएपछि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा शुक्रबार एउटा टोली खटाइएको थियो । ‘एसपीको अवस्था निरीक्षण गर्न शुक्रबार एसएसपी हरिराज वाग्लेको नेतृत्वमा टोली पठाएका थियौँ,’ डिआइजी घिमिरेका अनुसार ‘उनी मादकपदार्थ सेवन गरेर लट्ठिएको अवस्थामा भेटिएका थिएइ ।’

प्रदेश प्रहरी कार्यालयले पठाएको टोलीमा चिकित्सक समेत सहभागी थिए । स्वास्थ्य परीक्षण गर्दा मादकपदार्थ सेवन गरेको प्रमाणित भएपछि उनलाई जिम्मेवारीमुक्त गरिएको डिआइजी घिमिरेले बताउनु भएको छ । नयां पत्रिका अनलाईनमा समाचार छ ।