५ किलो ४ सय ५० ग्राम गाँजा सहित भारतीय युवक पक्राउ

२१ असार सिरहा/ प्रदेश नम्बर २ को सिरहाको दक्षिणी सीमावर्ती माडर पटेर्वाको कमला बाँधको बाटो हुँदै भारततिर जाँदै गरेका भारतीय युवकलाई शुक्रबार साँझ साढे ५ किलो गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको माडरस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टबाट खटिएको गस्ती टोलीले भारत, बिहारको मधुवनी जिल्ला कोलुअही बलुवा टोल घर भएका युवक २८ वर्षीय शत्रुधन कुमार सिंहलाई ५ किलो ४ सय ५० ग्राम गाँजा सहित पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक शाहीका अनुसार बीआर ०१ बीएक्स ४२४९ नम्बरको मोटरसासइकल चढेर भारततर्फ जाँदै गरेका सिंहलाई सिरहा नगरपालिका १७ पटेर्वास्थित कमला बाँधमा शङ्का लागेर चेकजाँच गर्दा झोलामा उक्त परिमाणको गाँजा भेटिएको हो ।