हाम्रो संरचना शुक्रबार, अशोज ३, २०७६ 342 Views

२६ असार, नेपालगञ्ज/ पर पुरुससंग निकटता बढाएको आरोपमा श्रीमान श्रीमती बीच बिवाद भईरहने नेपालगञ्जको पिपल चौतारी नजिकै एक परिवारमा बुधबार श्रीमतीको मृत्यू अवस्थामा शब प्राप्त भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोल निवासी ३६ वर्षीया ललिता कुमारी लोधको श्रीमानको कुटाइबाट मृत्यु भएको हुनसक्ने प्ररारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

श्रीमान् शिव कुमार लोधकै प्ररारम्भीक बयानको आधारमा स्थानिय एक ब्यक्तीको सहयोगमा ललिता कुमारी लोधको कुटाइबाट मृत्यु भएपछी घरकै भित्र कै ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेला परेको बाँके प्रहरीले  जनाएको छ।

प्रहरीका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।

जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगञ्ज पु-याइए पनि चिकित्सकले केही घण्टाअघि नै मृत्यु भएको बताएका थिए । सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी प्रमुख उपरीक्षक बिर बहादुर वलीले घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतकका श्रीमान् शिव कुमार र अर्का एक जना आरोपीसहित २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिनुभएको छ ।

मृतक ललिताको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । नेपालगञ्जको न्यूरोड स्थित एक फैन्सी पसलमा काम गर्ने एक जना ब्यक्ती माथीआफनो घर बरबाद पारेर घटना हत्या सम्म पु-याएको बयान शिव कुमार लोधले प्रहरी समक्ष दिएकोमा  प्रहरीले उक्तआरोपित ब्यक्ती उपर  पनि अनुसन्धान जारि राखेको प्रहरीले जनाएको छ ।