हाम्रो संरचना सोमवार, भदौ ३०, २०७६ 215 Views

२६ असार,धरान/  धरान स्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियार र डा.रामहरी रौनियारलाई ८ लाख घूस सहित २ जनालाई अख्तियारको टोलीले रंगेहात बिहिबार पक्राउ गरेको हो ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो। डा। रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ।

उनी रौनियारका नातेदार समेत रहेको स्रोतले बताएको छ । धरानमा प्रतिष्ठानका लागि करोडौ रुपैयाँको भवन निर्माण भईरहेको छ ।

पक्राउ परेका रौनियार दयलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले  बताउनु भएको छ ।