कर्णाली प्रदेश डिभिजन प्रमुख ४ लाख घुस सहित पक्राउ, अख्तियार सुर्खेतमा ७ सय ५१ उजुरी

Photo : File

२७ असार, नेपालगञ्ज/ हरियो बन नेपालको धनलाई नेपालका भ्रष्ट बन कर्मचारीहरुले हरियो बन बनका कर्मचारिको धनको रुपमा लागु गर्दै आएकोमा त्यस्तो आफनो धनको रुपमा घुस खाने क्रममा सुर्खेतमा उच्च स्तयिर बन अधिकृत लाई शुक्रबार ४ लाख नगद सहित पक्राउ परेका छन ।

कर्णाली प्रदेश डिभिजन वन कार्यालय सुर्खेतमा प्रमुख भक्त बहादुर लामालाई ठेकेदारबाट ४ लाख नगद रुपैया घुस लिईसकेको अवस्तामा घुस लिएको रकम सहित लामा कार्यरत कार्यालयबाटै पक्राउ गरेक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

आयोगको बिरेन्द्रनगर, सुर्खेत स्थित आयोगलाई ठेकेदारले ठेक्का कबोल गरेको काठको ढुवानीका लागि सम्वन्धीत कार्यालयबाट छुट पुर्जा लिनुपर्ने ब्यवस्ता रहेकोमा बिभिन्न कारणले समयमा नै काठ ढुवानी गर्न नसक्दा ठेकेदारले उक्त कबोल गरेको काठको छुटपुर्जाको म्याद थप गरिदिन उक्त रकम माग गरेका थिए ।

अख्तियारले ठेकेदार स्रोतको सहयोगमा कर्णाली प्रदेश डिभिजन कार्यालयमा कार्यरत लामा नगद सहित पक्राउ गरेको निजलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान भैईरहेको अख्तिया दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोईरालाले जानकारी दिनुभएको छ ।

बनका कर्मचारीहरुले सामूदायिक निजि वा राष्ट्रिय बनमा ढला,पढा, सढा–गला,मृत–अर्ध मृत, रोगी वा आधुनिक बन ब्यवस्थापनको क्रममा काठ कटानी मुछानी देखी ढुवानी सम्मको कार्यमा बनका तर्फबाट गनुपर्ने प्राबिधिक काममा ओहदा अनुसार तोकेर नै प्रतिशतको आधारमा घुस रकमको अफर गर्ने र उक्त रकम नदिएमा समयमा काम नगरिदिएर हैरानीमा पार्ने काठ ठेकेदारहरुको गुनासो यस पटक घुस रकम सहि तबन अधिकृत पक्राउ परेपछी उक्त घुस प्रकरणको पर्दाफास भएको छ ।

सुर्खेत स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अख्तियारले कर्णाली प्रदेश अन्र्तगत भ्रष्टाचारका उजुरी प्रयाजसो बेनामी आउने गरेको जानकारी दिएको छ । गत आर्थिक बर्ष २०७४र०७५ को तथ्याङ्क अनुसार उजुरी परेका ७ सय ५१ उजुरीहरू मध्ये ३ सय ८७ उजुरी बेनामी रहेका छन् ।

आर्थिक बर्ष ०७४र०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता भएको भ्रष्टाचार सम्बन्धी उजुरीहरूमध्ये सबैभन्दा धेरै शिक्षासम्बन्धी २ सय २७ उजुरी दर्ता भएका थिए।

कार्यालयका अनुसार उक्त आर्थिक वर्षमा स्थानीय विकास सम्बन्धी २ सय १९, वन तथा भू–संरक्षणसम्बन्धी ८२, स्वास्थ्यसम्बन्धी ३६, उर्जासम्बन्धी २६, खानेपानी सम्बन्धी २४ उजुरी भ्रष्टाचारका दर्ता भएका छन्। कार्यालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै भ्रष्टाचार शिक्षा क्षेत्रमा भएको देखिएको छ ।

उक्त आर्थिक वर्षमा कार्यालयमा परेका मुद्दाहरूमध्ये सुर्खेत र दैलेखबाट धेरै परेका छन् । सुर्खेतबाट १ सय ६४, दैलेखबाट १ सय ४७ उजुरी भ्रष्टाचारसम्बन्धी परेको कार्यालयले जनाएको छ ।

यस्तै जाजरकोटबाट ९७, कालिकोटबाट ९५, हुम्लाबाट ५८, सल्यानबाट ४९, रुकुम ९पश्चिम० बाट ४४, जुम्लाबाट ३८, मुगुबाट ३२, डोल्पाबाट २२ र पूर्वी रुकुमबाट ५ वटा भ्रष्टाचारसम्बन्धी उजुरीहरू परेको सुर्खेतस्थित कार्यालयले जनाएको छ ।

५७१ उजुरी फर्छ्यौट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा आर्थिक वर्ष ०७४र०७५ मा परेका भ्रष्टाचारसम्बन्धी उजुरीहरूमध्ये ५ सय ७१ उजुरी फर्छ्यौट भएका छन् । तीमध्ये ३ सय ३९ मुद्दा तामेली गरिएको छ भने १ सय १ उजुरी एकीकरणका आधारमा फर्छ्यौट गरिएका छन् ।

यस्तै, विस्तृत अनुसन्धानको माध्यमबाट ३९ उजुरी फर्छ्यौट गरिएका छन् भने ३१ उजुरी लेखी पठाइएको र सातवटा उजुरी अन्य निकायमा पठाइएको कार्यालयले जनाएको छ ।

कार्यालयबाट सुर्खेतका १ सय ४०, दैलेखका १ सय २३, जाजरकोटका ५७, कालिकोटका ६५, हुम्लाका ४२, सल्यानका ४१, रुकुम ९पश्चिम० का ३४, जुम्लाका २७, मुगुका २१, डोल्पाका १८ र रुकुम ९पूर्व० का तीनवटा उजुरी फर्छ्यौट भएका छन् ।

उक्त आर्थिक वर्षमा आएका उजुरीहरूमध्ये १ सय ८० उजुरी फर्छ्यौट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

७ जना रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४/०७५ र चालू आर्थिक वर्षमा गरी ७ जनालाई घूस रकम सहित रंगेहात पक्राउ गरेको छ ।

ईलाका वन कार्यालय सुर्खेतमा कार्यरत वन रक्षक हरिलाल राना, मालपोत कार्यालय सुर्खेतमा कार्यरत खरिदारद्वय धर्मराज सुवेदी र ओमबहादुर सुनार, जिल्ला वन कार्यालय रुकुम (पश्चिम)मा कार्यरत सहायक वन अधिकृत रोहितकुमार साह, ग्रामीण वित्त सहायक सन्दीप अधिकारी र जिल्ला प्राविधिक कार्यालय जाजरकोटमा कार्यरत इन्जिनियर अजयकुमार देवलाई अख्यिारको सुर्खेतस्थित कार्यालयले घूस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

हरिलाल राना, धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई आर्थिक वर्ष ०७४र०७५ मा पक्राउ गरिएको हो भने रोहितकुमार साह, सन्दीप अधिकारी र अजयकुमार देवलाई चालू आर्थिक वर्षमा पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरूबाट ४ लाख १ हजार रुपैयाँ नगद घूस रकम बरामद गरिएको छ ।

अख्तियारको प्रेस विज्ञप्ति :- मिति २०७६।०३।२७ गते
—————————————————-
कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (उप-सचिव प्राविधिक) भक्त बहादुर लामा घुस रकम सहित नियन्त्रणमा
—————————————
कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (उप-सचिव प्राविधिक) भक्त बहादुर लामाले छुट पुर्जाको म्याद थप गराइ दिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिइ गएको टोलीले निज भक्त बहादुर लामालाई सेवाग्राहीबाट रू.४,००,०००।–(चार लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता