अविरल वर्षाको कारण ६० जनाको मृत्यु, ३८ घाईते २६ बेपत्ता,१,४४४ को उद्धार

२९ असार /  बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार १० बजे अपडेट गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ३६ पुरुषको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिराेबाट ३८ जना घाइते भएका छन् । घाइते १७ महिला र २१ पुरुषाकाे सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यी घटनामा २६ जना अझै बेपत्ता भएका छन्। बेपत्ता रहेका १२ महिला र १४ पुरुषकाे खाेजी जारी रहेकाेजनाइएकाे छ ।