नेपालगञ्जमा नक्कली सुन धितो राखेर करोडौं बैक ठगी काण्डमा को-को परे ? नामावली सहित……

७ साउन,नेपालगञ्ज/ सिटिजन्स बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको करोडौं ठगी काण्डमा बैंकका क्षेत्रिय प्रवन्धक विवेक, शाखा प्रवन्धक शंकर आचार्य, क्यासियर ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा, दीपेन्द्र विश्वकर्मा लगायत लाई मंगलबार उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा प्रहरीले उपस्थित गराएको  छ ।

करोडौं ठगी गर्ने १० जना सुनार सहित १३ जना बिरुद्ध अनुसन्धान अभियोग प्रयोजनका लागि उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा बयान जारी रहेको छ ।

सिटिजन्स बैंक नेपालगञ्ज क्षेत्रिय प्रवन्धक स्वार जो उक्त बैंक ठगी काण्ड पक्ष भएर उजुरी दिएका थिए । सिटिजन्स बैकका शाखा प्रवन्धक आचार्य, बैंक ठगीको मुख्य अभियोगी क्यासियर ज्योति र अन्य सुन धितो राख्न आउने १० जना रहेका छन् ।

उक्त ठगी काण्डको हाल थुनछेकको बयान /बहस उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास १ नम्बर बेन्च माननीय न्यायधिस बिष्णुदेब पौडेलको इजलासमा आरोपितहरुको  वयान क्रमश जारि रहेको छ ।

उक्त बैक ठगी काण्डमा प्रहरीले पक्राउ गरि अदालत समक्ष पेश गरेका ७ जना मध्य मंगलबार सम्म ४ जनाको बयान सकिएको र अन्य ३ जनाको बयान जारी रहेको छ ।