नेपालगञ्ज भन्सार कार्यालयको यात्रु शाखाबाट बस सहित १०७३ पिस कपडा पक्राउ


२३ साउन, नेपालगञ्ज/ भारतको दिल्लीबाट नेपालको बुटवलका लागि छुटेको ना ३ ख ६५८७ नम्बर यात्रु बहाक बस र उक्त बसका चालक/सह चालक र बसमा हाल सम्म अज्ञात यात्रुले ल्याएको १ हजार ७३ पिस सर्टको कपडा सहित नेपालगञ्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार बुधबार नेपाल–भारत जमुनहा स्थित यात्रु शाखमा राजश्व गस्तिको रुपमा परिचालित शसस्त्र र भन्सार कार्यालयमा नियमित जांचकीहरुले दिल्लीबाट आएको बस यात्रुहरुको चेकजांचको क्रममा बसको तल बक्समा लुकाई राखेको करीब ५ लाख ३६ हजार न्यूतम मुल्यको १०७३ पिस कपडा पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
भन्सार कार्यायका अनुसार पक्राउ परेको बस र समानका बिषयमा बसका चालक र सह–चालकको बयान लिएर अनुसन्धान पक्रिया अगाढी बढाईएको छ ।

नेपाल–भारत मैत्री तथा यात्रु सेवा बसहरुमा यात्रुहरुले बसमा समान ल्याउने र बस वालाहरुले पनि भाडाको लोभमा समानको बिलहरु नहेरेर समान बोक्ने कार्यहरुले बस सञ्चाकहरु मिलेमतोको अरोपमा फस्दै आएका छन ।
भारतबाट यात्रु बोकेर नेपाल आउने नेपाली बसहरुबनै नेपालगञ्ज भन्सार कार्यालयमा, दांगको इमलिया र काठमाण्डौंको कंलकीबाट पटक–पटक यात्रु बसमा अबैध समान सहित पक्राउ पर्ने गरेका छन ।

यता बिहिबार बिहान जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी टोलीले नेपाल–भारत सिम नजीकको जैसपुरको पश्चिम पटटी रहेको नर्सरीबाट ३ थान मोटरसाईकल र उक्त मोटरसाईकलमा बोकेको १.५ क्न्टिल बोइलर कुखुरा र सयांैंको संख्यामा बच्चा चल्लाहरु पक्राउ गरि नेपागञ्ज स्थित क्वारेन्टटाइन चेक पोष्टमा बुझाएको छ । उक्त कार्यालयले अबैध पशु तथा पक्षीजन्यहरु कार्बाहीका लागि आएमा आवश्यक चेकजांच गरि नष्ट वा भन्सार प्रक्रियाका लागि कार्बाही गर्ने ब्यवस्था रहेको छ ।