हाम्रो संरचना बुधबार, कार्तिक २७, २०७६ 115 Views
File photo

२७,भदौ,नेपालगञ्ज/  रोल्पाको थवाङ गाउँपालिका वडा नं. २ छेर्लोवाङ झार्नै भन्ने ठाउँमा बिहीवार राति पहिरो जाँदा ६ जना मानिस पुरिएको स्थानीयले बताएका छन् ।

दुई वटा घर र केही गोठहरू तथा ठूलो संख्यामा भेडा र बाख्राहरू पुरिएको आशंका गरिएको छ । थवाङबाट प्रहरी घटनास्थलमा पुगिसकेको  छ ।

घटनास्थल जिल्ला सदरमुकाम लिवाङबाट करिब २५ कोस ढाटा छ । गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीले क्षति विवरणबारे अहिले नै भन्न नसकिने बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार पहिरोमा परेका मध्ये २८ वर्षीया फिर कुमारी झाँक्री र उनका ४ वर्षीया छोरीको शव भेटिएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको बताउनुभएको छ ।