भारत तर्फ तस्करीका लागि राखिएको अबैध केराउ बर्दिया प्रहरीद्वारा बरामद

१ असोज, बर्दिया / जिल्ला प्रहरी कार्यालय बर्दियाले बर्दिया जिल्लाको बढैयाताल क्षेत्रबाट मंगलबार बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको नेतृत्वको टोलीले मङ्गलबार अबैध केराउ बरामद गरेको हो । बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नम्बर ८, कण्ठपुर चोकबाट ५० केजी तौल भएको २ सय ६५ बोरा करीब ६ लाख ६२ हजार पाँच सय मूल्य बराबरको केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभएको छ ।

बास्तोलाका अनुसार बर्दियाको कण्ठपुर चोक स्थित मुनाल बस्तिको सडक छेउमा नेपालबाट भारत तर्फ लैजान तयारी अवस्थामा राखेको केराउ प्रहरीले मङ्गलबार दिउँसो साढे २ बजे बरामद गरेको हो । उक्त केराउ प्रहरीले ट्र्याक्टर ल्याई त्यहाँबाट आवश्यक कारवाहिका लागि उठाई लगेको जनाएको छ ।

नेपाली जनताका लागि बिभिन्न् दात्रृ राष्टबाट प्राप्त हुने अनुदानको केराउ कथित ब्यपारिहरुले भारत तर्फ गैर कानुन तरिकाले तस्करीको माध्यम मार्फत निर्यात गर्ने गरेका छन ।
बिगतमा बांकेमा सक्रिय उक्त ग्रुप बर्दियामा पनी त्यत्तीकै सक्रिय रहेको छ ।