१ हप्तामा भूकम्पको ५ झटका: शनिबार बिहान गोरखा केन्द्र बिन्दु भएर ४ रेक्टर स्केलको भूकम्पको धक्का

Earth quick in Gorkha

४ असोज, नेपालगञ्ज / गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ । रासस