हाम्रो संरचना बुधबार, मंसिर २५, २०७६ 903 Views


५ असोज, नेपालगञ्ज/ नेपाल प्रहरीले नेपालगञ्जको न्यूरोड स्थित कान्तिपुर गेष्ट हाउसबाट ४ केजी अफिम सहित ३ जना पक्राउ गरेको छ ।
नेपाल प्रहरीको नेपालगञ्ज स्थित अनुसन्धान ब्यूरो टोली को संयोजनमा लागु औषध बिरुद्धको  लामो अप्रेसलाई पछयाउने क्रममा नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ स्थित न्यूरोडमा रहेको कान्तिपुर गेष्ट हाउसको कोठा नम्बर ३०५ मा बसेका ३ जना ब्यक्तीको कोठा खान तलासी गर्दा ४ केजी आफिम सहित शनिबार अपरान्ह प्रहरीले पक्राउ गरेको हो ।

अफिम सहित पक्राउ पर्नेहरुमा रोल्पाको थवांगका दुख रोकाय, जाजरकोट स्थायी घर भई बर्दियाको गुलरिया वडा नम्बर ८ बस्ने बालकृष्ण थापा र डम्बर थापा रहेका छन ।

पक्राउ परेका ब्यक्तीहरुले नेपालको पहाडी क्षेत्रमा फल्ने धतुरोको फलबाट चोप निकालेर बनाउने गरेको ब्राउन सुगर, अफिमको कारोबार भईरहेको प्रहरी सञ्जालले जानकारी पाएपछी उपरोक्त ब्यक्तीहरुको पिक्षा गरिरहेकोमा शनिबार बर्दियाबाट समान भारत तर्फ निकासीका लागि आएको जानकारी पाउना साथ होटलमा छापा मारेको थियो ।

पक्राउ परेका ब्यक्तीहरुले प्रयोग गरेको मोटरसाइकल समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । लागु औषधको प्रयोग तथा ओसार पसार र कारोबारीहरुको संख्याले नेपालगञ्ज स्थित कारागारमा कैदिहरुको चाप बढेको छ । नेपालमा हाल प्रतिकेजी अफिमको मुल्य करीब ८ लाख रहेको सम्वध जनाकारहरुले बताउने गरेका छन ।