पाकिस्तानको कश्मिरमा शक्तिशाली भूकम्प: कम्तिमा ५ जनाको मृत्यु, ५० जना भन्दा बढी घाइते

काठमाडौं । पाकिस्तान प्रशासित कश्मिरमा मंगलबार अपरान्ह गएको शक्तिशाली भूकम्पबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् ।

कश्मिरको जाटलान क्षेत्रको मीरपुरलाई केन्द्रविन्दु बनाएर अपरान्ह ४ बजेर ५० मिनेटमा ६ दशमलव ३ म्‍याग्निच्यूडको भूकम्प गएको हो ।

भकम्पले मीरपुरका सडकहरु चीराचिरा परेका छन भने सवारी साधनहरु चिरिएको सडकमा फसेका छन् भने घरहरु पनि ठूलो संख्यामा भत्किएको जनाइएको छ ।

भूकम्पको धक्का पाकिस्तानी राजधानी ईस्लामावाददेखि भारतीय राजधानी नयाँ दिल्लीसम्म महसुश गरिएको संचार माध्यमहरुले जनाएका छन् ।

उत्तरी भारतसम्मै भूकम्पको शक्तिशाली धक्का महसुश गरिएको र मानिसहरु घर तथा कार्यालयबाट बाहिर भागेका थिए ।

भू-सतहदेखि ४० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्र रहेको थियो ।

दिउँसो ३ बजे भूकम्पको पहिलो धक्का महसुस गरिएकोमा ४ बजेर ५० मिनेटमा ठूलो भूकम्प गएको हो ।

स्थानीय वासिन्दाहरुले सामाजिक सञ्‍जालमा भूकम्पले भत्काएका सडक र घरहरुका फोटो फेसबुक र ट्विटरमा पोस्ट गरिरहेका छन् ।

पाकिस्तानी सेना तथा प्रहरी भूकम्प लगत्तै उद्धारमा जुटेका छन् । BBC