हाम्रो संरचना बुधबार, अशोज २९, २०७६ 105 Views

नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जिप आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ राता नाङ्लामा दुर्घटना हुँदा जुम्ला भर घई नेपाली सेनाकामा कार्यरत १ जना को मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतक अनुसार जुम्ला हिमा गाउँपालिका वडानम्बर १ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक सहित ९ जनाको उद्धार गरिएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

भे १ ज १०८४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन् । घाइतेहरुको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।

त्यसैगरि दशैको चटारोमा काठमाडौँबाट सुर्खेतको लागि छुटेको ना ७ ख ६८४१ नम्बरको यात्रुवाहक बस दाङ र बाँके जिल्लाको सीमानामा रहेको शिव खोलामा दुर्घटनामा परेको छ ।

दुर्घटना स्थल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ पर्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । बसमा सवार यात्रुहरुलाई सामान्य चोटपटक लागेको र उनीहरुलाई उपचारको लागि कोहलपुर र नेपालगञ्ज पठाइएको छ ।

‘८–९ जनालाई अली धेरै चोट छ । उहाँहरुलाई उपचारको लागि नेपालगञ्ज पठाउँदैछौं, एम्बुलेन्स आउदैछ’ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीले भन्नु भयो‘सामान्य चोट लागेकाको संख्या धेरै भएपनि भर्ना गरेर उपचार गर्नुपर्ने यात्रुलाई पहिलो प्राथमिकतामा राखेर अस्पताल पठाउन लागेका छौँ।’ रासस समेत सहयोगमा