हाम्रो संरचना बुधबार, कार्तिक २७, २०७६ 818 Views

 

२९ असोज, नेपालगञ्ज/ मानिस बिरामी हुदा निको पार्नका लागि प्रयोग गर्ने औषधी जस्तो गम्भीर तथा सम्बेदनशिल क्षेत्रमा ब्यवसाय गर्ने ब्यवसायीहरुको शाखा रहेको सबै जिल्लाहरुमा जिल्ला अधिबेशनहरु ध्माधम भईरहेकोमा बांके जिल्ला औषधी ब्यवसायी संघको पनि यहि आउदो कार्तिक २ गते शनिबार प्रथम अधिबेशन हुनेभएको छ ।

देश संघिय संचनामा गईसकेकाले मातहतका सबै संघ/संस्था पनि सोही बमोजिम जानुपर्ने बाध्यतात्मक अवस्थामा औषधी ब्यवसायीहरुले पनि आफनो बिधान संसोधन गरेर आफना सदस्यहरु रहेका जिल्लाहरुमा प्रथम जिल्ला अधिबेशन गरि जिल्लामा नेतृत्व छनौट कार्यलाई अगाढी बढाएको जनाएको छ ।

औषधी ब्यवसायी संघले आफनो बिधान संसोधन गरेर जिल्ला, प्रदेश र केन्द्र गरि ३ तहको संघको संरचना रहने ब्यवस्था गरेको औषधी ब्यवसायी संघ भेरीका उपाध्यक्ष तथा मिडवेष्ट मेडिसिन डिस्टीबयूटर्स प्रा.लि.का सञ्चालक सुदिप खडकाले जानकारी दिनुभएको छ ।
औषधी जस्तो सम्बेदनशिल ब्यवसायमा ब्यवसायीहरु सम्बेदनशिल भएर मर्यादित, सरलता र एकरुपताका साथ सुरक्षित, प्रभावकारी, गुणस्तरयुक र जनसुरक्षित औषधी ब्यवसाय गर्न र गराउन संघले भुमिका निभाईरहेकोमा औषधी ब्यवसायी संघ भेरीका उपाध्यक्ष खडकाले बताउनु भयो ।

खडकाले बांके जिल्लामा करीब ३ सय जना औषधी ब्यवसायीहरु सदस्य रहेकोमा जिल्लामा अध्यक्ष,उपाध्यक्ष, महासचिव कोषाध्यक्ष सचिव, उप कोषाध्यक्ष र ३ जना कार्य समिति गरि ९ जनाको अधिबेशनबाट निर्बाचित हुने र १ पूर्वअध्यक्ष एवम १ जना मानोनित गरि ११ जनाको जिल्लामा नेतृत्व रहने ब्यवस्था बिधानले गरेको जानकारी दिनुभएको छ ।

लामो समयले देखी संघमा रहेको र हाल औषधी ब्यवसायी संघ भेरीको उपाध्यक्ष रहेकाले नयां संरचना अनुसार यहि शनिबार हुन गैरहेको औषधी ब्यवसायी संघ बांकेको अधिबेशनमा सर्वसम्मत नेतृत्व छनौटलाई प्रथामिकतामा राखेर आफुहरु अगाढी बढिरहेको जानकारी गराउदै अञ्चल अध्यक्षहरुलाई प्रदेशमा जिम्मेवारी लिन र उपाध्यक्षहरुलाई जिल्लाको नेतृत्व हाक्न साथीहरुको सर सल्लाह दिईरहेकोमा आफुले बांके जिल्लामा पनि टिम मिलाएर बांके जिल्लाको अध्यक्षको जिम्मेवारी लिने बिषयमा साथीहरुसंग छलफल गरिरहेको बताउनुभएको छ ।