हाम्रो संरचना बुधबार, कार्तिक २७, २०७६ 108 Views

 

१ कार्तिक, नेपालगञ्ज/ पदीय आचरण विपरित काम गरेको भन्दै उच्च अदालत नेपालगञ्जका न्यायाधीश नरबहादुर शाहीलाई न्यायपरिषद्ले बर्खास्त गरेको छ । गोर्खा ब्रुअरी कम्पनीको कर विवादसम्वन्धि मुद्दामा कानुन मिचेर अन्तरिम आदेश दिएको भन्दै परिषद्ले शाहीलाई बर्खास्ती गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

गोर्खा ब्रुअरी कम्पनीको कर विवादसम्वन्धि मुद्दामा कानुन मिचेर अन्तरिम आदेश दिएको भन्दै परिषद्ले उनलाई बर्खास्ती गरेको हो । परिषद्को अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले क्षेत्राधिकार बाहिरको मुद्दामा अन्तरिम आदेश दिएको भन्दै उच्च अदालत पोखराका न्यायाधीश त्रय जीवनहरि अधिकारी, रामचन्द्र यादव र शाहीमाथि छानविन गर्न परिषद्ले गत १३ साउनमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो ।

अनुसन्धानकै क्रममा न्यायाधीशद्वय अधिकारी र यादवले ‘तारेख खेपीरहन नसक्ने’ भन्दै प्रधानन्यायाधीश जवरालाई राजीनामा बुझाएका थिए ।

दुवैजनाको राजीनामा स्वीकृत भएसँगै परिषद्को बैठकले उनीहरुको उजुरी तामेलीमा राखेको थियो । त्यस्तै न्यायाधीश शाहीलाई भने परिषद्ले लिखित स्पष्टिकरण मागेको थियो । उनको लिखित स्पष्टिकरणपछि बसेको परिषद् बैठकले बर्खास्ती गर्ने निर्णय गरेको हो । पदमै रहेका न्यायाधीश शाहीको नेपालगञ्ज उच्च अदालतमा सरुवा भएको थियो ।