नेपालमा भारत बिराधी भावना फैलिनु भारत नै जिम्मेवार

नेपाल र भारत बीच रोटी–बेटीको सम्वन्ध छ । नेपाली र भारतीय नागरिक बीच सामाजिक,सास्कृतिक आर्थिक र राजनितिक गहिरो सम्वन्ध छ तर पनि नेपालमा पछील्लो पटक भारत बिरोधी भावना नेपाली जनतामा बृद्धि भईरहेको छ ।

त्यो भारत बिरोधी भावना, नेपाली शासकका कारण वा भारत बिरोधी नेपाली जनतामा नकारात्मक भावना भएर होइन कि भारतीय शासक बर्गले नेपाल प्रती गरेको हेपाह र चेपाह प्रबृतिको उपज हो ।

नेपाल र भारत बीच नेपालको तिन तिर खुला सिमाना छ । ब्रिटिस साम्राज्यबादीले निलेको भारतलाई स्वतन्ञ बनाउन नेपालीहरुको पनि योगदान छ । भारत छोडन अघि ब्रिटिसले नेपालमा पटक –पटक आक्रमण गर्दा पनि नझुकेको नेपाली इतिहास इष्ट इण्डिया कम्पनीबाट भारत स्वतन्त्र हुनु अगाढी  नेपाल र भारतको सी’मा  सन् १८१६ मा ब्रिटिश इन्डिया र नेपालबीच भएको सुगौली सन्धिलाई सम्झनुपर्छ। सन् १८१६ मा गरिएको सन्धीमा नेपाल र भारत बीच सिमा रेखा कोरिएको थियो ।

उक्त सिमा रेखामा नेपालको सिमाना कायम गरिएकोमा भारतले सन १९५० को सन्धी पछी आफनो बिस्तारबादी मानसिक्ताबाट ग्रसित भएर नेपालको सिमाना च्याप्दै आईरहेको छ ।

पछील्लो पटक भारतले चाइना र पाकिस्तानको सिमानासंग जोडिएको बिशेष दर्जा प्राप्त जम्मुकश्मिरलाई टुक्रयाएर नर्या राज्यको दर्जा सहितको आफनो देशको नक्सा जारि गर्ने क्रममा नेपालको पश्चिम सिमानामा रहेको नेपालको झण्डै ३७२ बर्ग किलोमिटर कालापानी क्षेत्रको भु–भाग आफनो भएको भारतले जारि गरेको नक्सामा देखाएको छ ।

नेपालको पश्चिम सिमानामा रहेको उक्त लिपु लेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको ३७२ बर्ग किलोमिटरमा भारतले सन १९६२ मा चाइनासंगको लडाईपछी सामरिक दृष्टिले अत्यन्तै उपयोगी ठानेर नेपालको कालापानी क्षेत्रमा आफनो सेनाको बेस क्याम्प राखेको थियो ।

ततकालीन नेपालका शासक बर्गबाट उक्त घटनाको जानकारी लिने र बिरोध गर्ने काम नभएपछी भारतिय पक्षबाट आफुलाई सामरिक दृष्टिले अत्यन्त उपयोगी उक्त नेपालको भुमि आफनो बनाउन भारतले सन्धीमा उल्लेख गरेको नेपाल भारत सिमना छुटटयाउने काली नदीको उदगम स्थल समेत कृतिमरुपमा खडा गर्ने प्रयास गरेको अन्र्तराष्ट्रिय बिशेषज्ञहरुले बताउदै आएका छन ।

भारतले पनि उक्त नेपालको भुमिमा भारतिय सेना बसेको बेलाबखत स्वीकारेकोमा पछील्लो पटक नेपालको उक्त भुमि आफनो भएको नक्सामा नै उल्लेख गरि कब्जा गरिरहेकोले नेपालमा पुन भारतको उक्त कदमको बिरोधका आवाजहरु नेपालमा उठीरहेका छन ।

भारतलाई नेपालको उक्त कालापनी क्षेत्र सामरिक दृष्टिले अती महत्वपूर्ण लागेको भए भारतियहरु कै शब्दमा भन्ने हो भने सन १९५० को सन्धीको आधारमा केही समयका लागि नेपालसंग जमिन भांडामा लिनसक्थ्यो ।

यो कालापानी बिवाद भारत र नेपालको मात्र नभएर यो सामरिक दृष्टिले चिनका लागि झनै महत्वपूर्ण बिषय हो ।

भारत–चिन सिमा क्षेत्रमा युद्धको स्थिती उत्पन्न भएमा यो नेपालको भुमि ओगटेको भारतलाई सामरिक दृष्टिले भारतलाई फाइदा र चिनका लागि हानीकार ठाउं भएकाले भारतले करिब ६ दशक देखी अर्थात भारत–चाइना सन १९६२ मा युद्धको अवस्थामा कालापानीमा बसेको भारतिय सेना भारतले हटाउन चाहिरहेको छैन ।

सामरिक दृष्टिले भारतका लागि अत्यन्त उपयोगी र चिनका लागि समस्या भएको उक्त नेपाली भु–भाग मात्र नभएर भारतले नेपालका सिमानामा हेपाह र चेपाह रणनितिका साथ नेपालको सिमाना सागुरो बनाउदै लगेकोमा २ देश बीच सिमा बिवाद मिलाउन नेपाल र भारत बीच सहमती भई सिमाना ब्यवस्थित गर्ने क्रममा कालापानी क्षेत्रको बिवाद कायमै राखिदै आएको छ ।

भारतले नेपालका सिमाना जबरजस्ती मिच्ने र आफनो सेना कालापाली क्षेत्रबाट नहटाउने हो भने नेपालमा भारत बिरोधी आवाजहरुको स्वर चर्को भएर जाने निश्चित छ । भारतले भन्दै आएको नेपाल असल छिमेकी मुलुकसंग ब्यवहारिक रुपमा आफु पनि असल बन्न छिमेकी मुलुक नेपालको सिमाना मिच्न बन्द गरेर भाईचारको सम्वन्ध प्रगाढ बनाउन नेपाल–भारत सिमानामा उत्पन्न विवाद समयमै जिम्मेवार भएर समाधान गर्नू र्निबिकल्प छ ।

यसमा भारतले एउटा ठुलो मुलुक भएकाले आफनो जिम्मेवारी सुझबुझका साथ समयमै समाधान गर्न अभिलम्ब सुरु गर्नुपर्दछ । जती ढिला हुन्छ उती नै दुबै देशका जनतामा नैराश्यता एक अर्कोप्रती बिरोधी भावना बढने र बढाउने सम्भावना रहेकाले भारतले तुरुन्त ठोस कदम चाल्नु पर्दछ ।