सशस्त्र प्रहरी बल धनुषाले जनकपुरको लोहनाबाट ६ किलो गहना र ७ लाख ३० हजार सहित अजय गुप्ता पक्राउ

१ मंसिर,जनकपुरधाम/ सशस्त्र प्रहरी बल धनुषाले शनिबार भारतको जयनगरबाट नेपाल ल्याउँदै गरेको ६ किलो चोरीका सुन तथा चांदीका गर-हगहना र  ७ लाख ३० हजार  एक सय नेपाली रुपैयाँ सहित जनकपुर उप-महानरपालिका–२५ लोहनाबाट सिराहाका  ४८ वर्षीय अजय गुप्तालाई पक्राउ  गरेको छ ।

नम्बर ८ गण हेडक्वार्टर धनुषाका गणपति एसपी राजेश उप्रेतीका अनुसार पक्राउ परेका अजय गुप्ताले आफ्नो शरीरमा कपडाले बेरी गर-हगहना  र नगद नेपाल ल्याउँदै गर्दा बीओपी डेवडियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक रञ्जित तिवारी नेतृत्वको टोलीले पक्राउ गरि आवश्यक कार्बाही प्रक्रिया अगाढी बढाएको जानकारी दिनुभएको छ  ।

एक साताअघि मात्रै  सो गणले ५ फिट र पुच्छर सहित गरी ७.५ फिट लम्बाइ र ४.४.५ फिट चौडाइ चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको थियो ।

उत छाला घटनामा पक्राउ पर्नेमा धनुषा क्षीरेश्‍वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने केदारनाथ उपाध्याय (ढुंगेल)का करिब २८ वर्षीय छोरा सुनिल ढुंगेल, सोही ठाउँका वीरदेव महतोका छोरा ३९ वर्षीय शिवकुमार महतो र धनुषा धनौजी गाउँपालिका–४ बस्ने महावीर मण्डलका ३६ वर्षीय छोरा जयराम मण्डल रहेका थिए । सो गणले उप्रेती गणपति भएर आएयता  ५५ किलो चाँदी बरामद गरेको जनाएको छ ।