हाम्रो संरचना शनिबार, मंसिर २१, २०७६ 208 Views

२ मंसिर झापा/  झापाको अर्जुनधारा–६ माता मन्दिर क्षेत्रमा फ्ल्याट भाडामा लिइ बिगत २ महिना देखि सञ्चालन  गरिएको यौन अखडामा झापा प्रहरीले छापा मारेर ८ जना युवती नियन्त्रणमा लिई बयान लिएर  माइती नेपालमा बुझाइएको छ ।

झापा प्रहरी अधिकारी मोहन थापाका अनुसार यौन अखडा संचालिका अर्जुनधारा–६ की शोभादेवि खत्री फरार भएकाले उनको खोजी गरिरहेको जानकारी दिनुभएको छ ।

यौन अखडामा प्रहरीले छापा मारी त्यसमा कार्यरत ८ जना युवतीलाई नियन्त्रणमा लिएर ती युवतीहरुको बयान अनुसार उक्त यौन अखडा २ महिना देखि  गुपचुप रुपमा स सञ्चालनमा रहेको थियो ।

प्रहरीले आठै युवतीको बयान प्रमाणित गरी माइती नेपाल बुझाइएको जनाएको छ । उक्त अखडामा भारतीय सहित पोखरा,धनुषा,उदयपुर र पूर्वी जिल्लाका युवतीलाई राखेर यौन शोषण गर्ने खत्री विरुद्ध मानव बेचविखनको मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।

होटलमा हुने यौन व्यवसायमा प्रहरीले कडाई गरेपछि यौन व्यवसाय गर्नेहरु गाउँ पसेको प्रहरीले जानकारी प्राप्त गरेको प्रहरी अधिकारीको बुझाई छ । विशेष सूचनाका आधारमा छापा मारिएको यौन अखडामा यौन कार्यका लागि गुवती  छान्न दिएर ग्राहकसंग सञ्चालिकाले युवती पठाउने गरेको पक्राउ परेका युवतीहरुले प्रहरी समक्ष बयान दिएका छन ।

प्रहरीका अनुसार सञ्चालिका खत्रीले पुरुषलाई युवतीको तस्बिर देखाएर मोलमोलाई गर्ने गरेकी थिइन् । ‘त्यसैको आधारमा छानेर लैजान्थे,’ उद्धार गरिएकी एक युवतीले भनिन् ।

उनीहरुले आफूलाई दमक देखि काँकरभिट्टा सम्म लैजाने गरेको प्रहरीलाई बताएका थिए । त्यस बापत अखडा सञ्चालक खत्रीले एक रातको ३ देखी ७ र एक पटक बसेको १ हजार देखी ३ हजार सम्म लिने गरेकी थिइन् । सञ्चालक खत्रीले ३ देखि ७ हजारसम्म लिए पनि युवतीलाई ५ सय देखि १ हजारसम्म मात्र दिने गरेको खुलेको छ ।