नेपालगञ्ज मेडिकल कलेज सहित ९ वटा मेडिकल कलेज गैरकानुनी

३ मंसिर, नेपालगञ्ज / त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ९ बटा मेडिकल कलेज शिक्षण अस्पताल गैरकानुनी रूपमा सञ्चालनमा छन् । यी कलेजले वातावरणीय प्रभाव मूल्यांकन र भूकम्प प्रतिरोधी भवन प्रमाणीकरण र आचारसंहिता  जस्ता कलेज स्वीकृत मापदण्ड पुरा नगरेर  जबरजस्ती सञ्चालन भैईरहेका छन ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेज स्वास्थ्य मन्त्रालयको स्वीकृति विना नै सञ्चालनमा रहेका छन् ।

त्यस्तै, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज), नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, जानकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्स पनि स्वीकृति विना नै सञ्चालनमा छन् ।

सरकारले १२ वैशाख ०७२ को भूकम्प पछि आचारसंहिता लागू गरेको थियो । १९ पुस ०७३ को मन्त्रिपरिषद् बैठकले अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई सोही वर्ष फागुन मसान्तसम्म स्वीकृति लिन समय दिएको थियो ।

कलेजहरूले स्वीकृतिका लागि निवेदन दिए पनि भूकम्पमा क्षतिपुगेका भवनहरूमा अस्पताल सञ्चालन गर्ने अवस्था नरहेको तथा उनीहरूले मापदण्ड पूरा नगरेकाले अनुमति दिन नसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘मापदण्ड पूरा नगरेका कारण ९ वटा मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन स्वीकृति पाएका छैनन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। विकास देवकोटाले भन्नु भयो अहिले सञ्चालनमा रहेका भवनलाई ओके गर्न सक्ने अवस्था छैन ।’

निर्देशिका जारी हुनुअघि सञ्चालन भएका अस्पताल र मेडिकल कलेजले पनि निर्देशिका अनुसार पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । मन्त्रालयले एक पटकमा १ देखि ५ वर्षसम्म सञ्चालन स्वीकृति दिन सक्छ । त्यसपछि नवीकरण नगराई गैरकानुनी रूपमा शिक्षण अस्पताल सञ्चालन गरे सम्बन्धन खारेज हुने नियम छ ।

निर्देशिकाअनुसार नोबेल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजले केही समयअघि जरिवाना तिरेर नवीकरण गरेका छन् । त्यस्तै, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, विराट मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेज र किस्ट मेडिकल कलेजले पनि केही समयअघि सञ्चालन स्वीकृति पाएका छन् । नयांपत्रिकामामा समाचार प्रकाशित छ ।

नेपालका मेडीकल कलेज अनुगमन तथा स्वीकृतका नाममा सम्वन्धीत क्षेत्रमा कार्यरत ब्यक्तीले अनुगमन खर्चको नाममा असुली गरेर गैर कानुनी मेडिकल कलेजहश्रलाई कार्बाही तथा सुधारका लागि पहल नगरेको पनि समाचार केही मेडीकल कलेच सञ्चालक स्रोतले बताउदै आउनु भएको छ ।

नवीकरण नगरेर गैर कानुनी रुपमा सञ्चालनमा रहेका अस्पतालहरु:

१) नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान
२) जानकी मेडिकल कलेज
३) युनिभर्सल कलेज अफ मेडिकल साइन्स
४) नेसनल मेडिकल कलेज
५) मणिपाल कलेज अफ मेडिकल साइन्स
६) कलेज अफ मेडिकल साइन्स
७) नेपालगञ्ज मेडिकल कलेज
८) काठमाडौं मेडिकल कलेज
९) चिकित्साशास्त्र अध्ययन सस्थान आईओएम शिक्षण अस्पताल महाराजगञ्ज

नवीकरण भएका अस्पताल:

चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेज र किस्ट मेडिकल कलेज ।

यस्तो छ मापदण्ड:

भवन संहिताअनुसार निर्माण भएको हुनुपर्छ । भूकम्पप्रतिरोधी भएको पुष्टि गर्नुपर्छ ।
वातावरणीय प्रभाव मूल्यांकन परीक्षण हुनुपर्छ ।
महिला र पुरुषको अलग–अलग वार्ड हुनुपर्छ ।
एउटा जनरल वार्डमा बढीमा २५ बेडमात्रै हुनुपर्छ ।
मेजर सर्जरी सेवा दिन अस्पतालमा कार्डियाक मनिटर भेन्टिलेटर सहितको पोस्ट अपरेटिभ रिकभरी बेड हुनुपर्छ ।
हरेक वार्डमा नर्सिङ स्टेसन हुनुपर्छ ।
शवगृह हुनुपर्छ ।
फोहोरमैला व्यवस्थापनका लागि संयन्त्र हुनुपर्छ ।
चट्याङ प्रतिरोधी प्रविधि हुनुपर्छ ।
विपद् व्यवस्थापनको योजना बनाई वर्षमा २ पटक त्यसको अभ्यास गर्नुपर्छ ।
खाली जग्गा हुनुपर्छ ।
अस्पतालमा भएको कुल सिटको १० प्रतिशत इमर्जेन्सीमा छुट्याउनुपर्छ ।
अस्पताल परिसरमा बगैँचा र वृक्षरोपण गरेको हुनुपर्छ ।
अस्पतालमा क्यान्टिन,सवारी साधन जाने बाटो बाहेक भित्र जाने र निस्कने छुट्टै बाटो हुनुपर्छ ।
प्रत्येक उपचारकक्षमा अक्सिजन हुनुपर्छ ।