हाम्रो संरचना बुधबार, कार्तिक २७, २०७६ 62 Views

१६ कार्तिक,नेपालगञ्ज/ दाङको गढवा–कोइलाबास सडक खण्डको गढवा गाउँपालिका वठानम्बर ५ चिसापानीमा रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ बालिकाको मृत्यु र २३ जना घाइते भएको दाङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा गढवा गाउँपालिका ६ मनिकापुरका ११ वर्षीया निनु पुन, १२ वर्षीया सीमा परियार र १२ वर्षीया सुनिता पुनमगर रहेको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिनुभएको छ ।

गढवा गाउँपालिका ६ मनिकापुरबाट भैलो खेली उठेको पैसाले चिसापानीमा पिकनिक खाई घर फर्किने क्रममा ट्याकटर दुर्घटना भएको थियो
त्यसैगरी कपिलवस्तुजिल्लाको बुद्धभूमि नगरपालिका–९ ईमिलियामा कोहलपुरबाट बुटवलतर्फ आउदै गरेको बसको पट्टा भाचिदा अनियन्त्रित भई पश्चिम तर्फ जादै गरेको मोटरसाईकलसंग ठोकिदा मोटरसाईकल चालक रन वहादुर विकको ज्यान गएको हो । बर्दिया घर भनिएका बिकको उपचारको क्रममा चौराहा हस्पिटलमा ज्यान गएको हो ।

रा ३ प १५१६ नम्वरको मोटरसाईकलमा सवार रन वहादुर वि.क. लाई भे १ ख १९९७ नम्वरको वसले ठक्कर दिएको थियो । वसको पट्टा भाचिए पछी वस अनियन्त्री भई विकलाई ठक्कर दिएको हो ।

त्यसैगरि डोटीको शिखर नगरपालिक १ गौरीपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने  २४  घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो ।

घटनामा करिब ३० जना घाइते भएको डोटीका प्रहरी निरीक्षक केवी वोहराले जानकारी दिनुभएको छ ।  ४० जना यात्रु सवार उक्त बस सडकबाट करिब ४० मिटर तल खसेको छ ।

त्यसैगरि बाँकेको खजुरामा शुक्रबार दिउँसो नेपालगञ्ज गुलरिया सडक खण्डको किरणनालामा बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको बस किरणनाला नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।दुर्घटना लगत्तै प्रहरी र स्थानीयहरुले उद्दार गरेर घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाएका थिए ।

त्यसैगरि कैलालीको बौनियाँमा बिहिबार साँझ बसले ठक्कर दिएका २ जना बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते मध्ये बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई महेन्द्रनगरबाट काठमाण्डौं गैरहेको ना ७ ख ६०४६ नम्बरको यात्रुबाहक बसले साँझ ५ बजे बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा ठक्कर दिएको थियो । यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाईते भएका बालकद्वयलाई बर्दगोरीया अस्पतालले थप उपचारका लागि रिफर गरेको थियो ।