हाम्रो संरचना बिहिबार, जेष्ठ २२, २०७७ 160 Views

१७ कात्तिक,नेपालगञ्जसिन्धुपाल्चोकको सुकुटेमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

सिन्धुपाल्चोककोचौतारा साँगाचोगढी नगरपालिका–९ सुकुटेमा शैलुङ्गेश्वर यातायात बा२ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइते भइ उपचार गराइरहेका थप दुईजनाको पनि केही  मृत्यु भएको छ । धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सलिना तामाङको उपचारका क्रममा मृत्यु भएको  छ ।

मृतकमध्ये १२ जनाको सनाखत भएको छ । अहिलेसम्म पहिचान खुल्नेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, दोलखाकै २७ वर्षीया किरण राउत, २० वर्षीया कविता राउत, १४ वर्षीया पिउन लामा, १३ वर्षीय निरीबल खड्का, ३३ वर्षीया निर्मला खड्का, ५१ वर्षीया रक्तकुमारी राउत, काभ्रेकी ५ वर्षीया सलिना तामाङ, सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी ६ वर्षीया छोरी शाहीरामी श्रेष्ठ, ३ महिने शिशु शिशन तामाङ र तेजकुमारी बस्नेत रहेका छन् ।

अन्य ५ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४६ जनाको उद्धार गरिएको थियो । तीमध्ये २० जना घाइते छन् । शिलापत्रमा समाचार प्रकाशित छ ।

यात्रुवा बस दुर्घटनामा मृत्यु हुनेहरुको नामावली: