कोहलपुर घटना: समस्या र समाधानका उपायहरु

कोहलपुर घटनामा स्थानिय प्रशासनको अनुमति बिना गोली प्रहार

#  बिद्यालय अगाढीको जेब्रा क्रसिंग बाट बच्चाले बाटो काटदा ट्रक चालकले गाढी कुदाउनु सवारी ऐनको ट्रक चालकबाट नियमको उलंघन ।

# प्रहरी बिट अगाढी ट्रकले बच्चा हानेर घाईते भएपछी ट्रक चालकले ब्याक गरेर बच्चा मार्न खोज्दा बिटमा रहेको प्रहरी मुख दर्शक भएर कर्तब्य बिभुख हुनुले त्यहां कार्यरत प्रहरीलाई कर्तब्य बिमुख प्रहरीलाई तुरुन्त कार्बाही गर्नुपर्दछ ।

#  घटना लगत्तै स्कुल अगाढी नै घटनामा भएकाले आक्रोशमा आएका अन्य बिद्यार्थीले ट्रकमा आगजनी तथा सडकमा जाम नगरेका कारण केही सवारी साधनमा तोडफोड गर्दा कोहलपुरमा रहेको प्रहरी नेतृत्वले केही छिन आक्रोशमा आएका बिद्यार्थीलाई सहपाठी साथी घाईते भएको र उपचार भईरहेको सूचना दिएर सम्झाई बुझाई गनुपर्नेमा एक्कासि जबरजस्ती ऐन नियम र प्रक्रिया मिचेर बल प्रयोग गरेको देखिन्छ ।

# सडकमा बिद्यार्थीले तोफोड तथा आगजनी गरेपछी कोहलपुर इलाका प्रहरी कार्यालयको नेतृत्वले बिधि सम्वत तरिकाले बल प्रयोग प्रक्रियाहरु जस्तोः लाठी चार्ज, आशु ग्यास, पानीको फोहरा प्रयोग गरेर स्थितीलाई नियन्त्रण लिनुपर्नेमा सिंघम पारा देखाएर ठोक भनेर मातहतका प्रहरीलाई आदेश दिने र गोली ठोक्ने कार्य बिधि र कानुनी शासनको गम्भीर उंलघंन भएको छ र त्यस्तालाई बिधिको दायरा ल्याउन जरुरी छ ।

# कोहलपुर घटनामा कोहलपुर प्रहरी नेतृत्वको जती आलोचना गरेपनी कमै हुन्छ, किन भने प्रहरी देश जनताको सेवक हो, अपराधी बिरुद्ध सिंघम पारा देखाउनुपर्नेमा कोहलपुरमा दुर्घटना घटनापछी बिद्यार्थीको बिरोधको शैलीमा सिंघम शैली प्रर्दशन आलोच्य छ । सबै आफै सर्बेसवा हु भन्ने घमण्डी र सनकी पाराले प्रहरी नेतृत्व आफै मात्र होइन अन्य सदस्यहरुलाई फसाउन पछी पर्देन यो घटनामा सरकार आलोच्य बनाईएको छ ।

# कोहलपुर प्रहरी नेतृत्वले बिरोध प्रदर्शनमा उत्रिएका बिद्यार्थीमाथी स्थानिय प्रशासनको सहमती तथा आदेश बिना नै गोली बर्साएको छ ।
जिल्ला प्रशासन कार्यालय बांके निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद एक कार्यक्रममा बाहिर गएको समयमा प्रजिअको जानकारी तथा अनुमती बिना नै कोहलपुर प्रहरीले गोली बर्साएको स्थानिय प्रशासन स्रोतले जानकारी दिएको छ ।

# कोहलपुर घटना समाधानका लागि स्थानिय स्तरमा सबै पक्षहरु संयमित भएर बार्ता तथा छलफलबाट समस्या समाधान खोज्नुपर्दछ ।

# गृह मन्त्रालयले कोहलपुर घटनाको छानबीन गरि ततकालका लागि कोहलपुर प्रहरी नेतृत्वलाई परिवर्तन वा बिकल्प दिएर प्रहरी मातहतलाई बिधिको शासनका लागि मार्गदर्शन गर्नुपर्दछ ।

# नियन्त्रणमा लिएको कैदीलाई मोटर साइकलमा बसालेको समयमा खुटटाको मासुमा गोली हानेर चर्चा बटुल्ल माहिर कोहलपुर प्रहरी नेतृत्व बिधि,प्रक्रिया मिचेर बिद्यार्थीमाथी मातहतका प्रहरीलाई गोली हान्ने र आदेश दिने प्रहरी नेतृत्वले सनक र शक्तीको दुरुपयोग गरेर अर्को कुनै ठुलो घटना नघटाउला भन्न सकिन्न ।

 

सदस्यता नविकरणका लागि २ दिन बांकी

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी २०७६ माघ ११ गते शनिबारका दिन हुने भएकोले सदस्यता नविकरण्म गराउन छुटेका सम्पूर्ण फर्म, प्रतिष्ठानका उद्योगी, ब्यवसायीहरुलाई यहि मिति २०७६/०८/२५ गते भित्र सदस्यता नविकरण गराई आ–आफनो मताधिकार सुरक्षित राख्न हुन अनुरोध गरिन्छ ।
उक्त उल्लेखित मिति भित्र सदस्यता नविकरण नगराएमा मताधिकारबाट बञ्चित हुने ब्यहोरा यसै सूचना मार्फत सबैमा जानकारी गराईन्छ । साथै संघबाट मतदाता परिचय पत्र वितरण भईरहेको हुनाले आ–आफनो मतदाता परिचय यथाशिघ्र संकलन गर्नका लागि हार्दिक अनुरोध गरिन्छ ।

नन्दलाल वैश्य
अध्यक्ष
नेपालगञ्ज उद्योग वाणिज्य संघ
फोन नम्बर ०८१ ५२०३६५/  ५२१९३५