उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा जालसाजी : तारिख पर्चा दिनेलाई कार्बाही सुरु

८ पुस, नेपालगञ्ज/ नेपालको न्याय क्षेत्रमा नेपाली जनताको आस्था र भरोसा किन घटदै गएको छ भन्ने प्रमाण अव बिस्तारै सतहमा आउन थालेको बिभिन्न घटनाक्रले देखाउन सुरु गरेको पाइएको छ ।

त्यस्तै एक घटना सोमबार उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासको कम्पाउड भित्र छताछुल्ल भएको पाइएको हो ।
न्यायको लागि न्यायलयको ढोका ढकढकाउन पुगेकी एक महिला आफना लालाबाला र एक जना छिमेकी महिला सहित नेपालगञ्जको कठयाग्रीने जांडोमा सोमबार उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलास कम्पाण्डमा आफनो पिडा रोदन गदै कराउदै हुनुहुन्थ्यो ।  “ मैले न्याय पाईन” !

त्यतीखेरनै हाजीर भएका ति महिलाका बिपक्षी कमल बहादुर शाहीले पिडित ति महिलालाई संकेतमा हात पसारदै उल्टै “ देखिस त पावर” भन्दै मुद्धा त हिजै फैसला भईसक्यो जानकारी गराए ।

हातमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासबाट जारि भएको ति महिलाको हातमा तारिख पर्चामा थियो । पर्चामा २०७६ साल पुस ७ गते अदालतमा तारिख लिन आउनु भनी तारिख पर्चा जारि गरिएको छ ।

उक्त जालसाजी मुद्धा त अर्को जालसाजी कै नमुनाको रुप जस्तो देखिने गरि तारिखको अघिल्लो दिन पुस ६ गते नै फैसाला भईसकेको पिडकले बताएपछी पिडित गएर बुझदा त तारिख लिन आएकी ति महिला एक्कासी रुने/कराउने बाहेक अर्को के पो गर्न सक्थीन ?

फैसला त तारिख तोकिएको दिन भन्दा एक दिन पहिला नै भईसकेको रहेछ । फैसलाको रजिष्टरमा त पुस ६ गते फैसला भएको र उक्त फैसला बांके जिल्ला अदालतको फैसलालाई सदर गरिएको  छ ।

उक्त घटनाका सम्वन्धमा बुझदै जादां बांकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगाढी निवासी शान्ती कुमारी थापा मगरले आफनो अंशियारको करोडौं मुल्य पर्ने घरजग्गा आफुहरुलाई थाहै नदिएर आफनो ततकालिन श्रीमानलाई समेत बिभिन्न ब्यक्तीको मिलेमतोमा बेपत्ता पारिे जालसाजी गरि बर्दियाको बेलवा बस्ने कमल बहादुर शाहीले घर/जग्गा आफनो नाममा गरि हाल बैकमा राखेको उल्लेख गर्दै उक्त घरजग्गा फिर्ता गरिदिन न्यायलयको ढोका ढकढक्याउन पुग्नुभएको थियो ।

अनपढ शान्ती कुमारीले आफु बसेको घर अरुले नै लगिसकेको थाह पाएपछी गत २०७३ साल चैत्र १० गते बांके जिल्ला अदालतमा जालसाजी मुद्धा दायरी दरखास्त दिनुभएको थियो । पहिलो पटक अदालती प्रकियामा आएकी शान्तीले जसको बिरद्ध मुद्धा दिनुभएको थियो उहाकै नातेदार ब्यवहार रहेको एक जना कानुन ब्यवसायीको सहायता लिनपुग्नु भएको जिल्ला अदालतले गरेको फैसला र पछी अरुसंग कुरा बुझदै जांदा हाल थाह भएको बताउनु भएको छ ।

ततकालिन समयमा मुद्धाको सम्पूर्ण जिम्मेवारि लिएका ति कानुन ब्यवसायीले पटक-पटक तारिक नै छुटाइदिएको र एक जना कृष्ण भन्ने ब्यक्तीले आफुलाई प्रत्यक्ष भेटी ३ लाख दिएमा हजुरको पक्षमा फैसला हुने पिडित शान्तीले बताउनुभएको छ ।

उहांहरुले भने बमोजिम पैसा नदिएपछी फैसला आफनो बिपक्षमा भएपछी उहां पुन न्यायका लागि उच्च अदालत तुलसीपुरको नेपालगञ्जमा रहेको न्यायलयमा पुर्नरावेदन गर्न पुग्नुभएको थियो ।

उच्च अदालत तुलसीपुरको नेपालगञ्जमा रहेको न्यायलयमा बिचाराधिन अवस्थामा रहेको मुद्धाको तारिख लिने क्रममा मुद्धाको पक्षधर शान्ती कुमारी थापा मगरलाई पुस ७ गते तारिख लिन आउनु भनी निजका प्रतिनिधि पुष्पाञ्जलीको हस्ताक्षर गराई  अदालतको पर्चामा उल्लेख गरि दिईएको पाइएको छ भने अदालतको रजिष्टरमा भने पुस ६ गते आउनु भनी तारिख दिईएको भनी उल्लेख गरिएको छ ।

पुस ६ गते अदालतको मिसिलमा कर्मचारिले उल्लेख गरि मुद्धाको पेसी ६ गते नै चढाउने र पिडितलाई ७ गते भनी पर्चा दिने कर्मचारीहरुको बिषयमा छानबीन गरि उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासको सयुंक्त बेन्चले कार्बाही प्रक्रिया अगाढी बढाएको जनाएको छ ।

उच्च अदालत तुलसीपुरको नेपालगञ्जका रजिष्टार कृत बहादुर शाही हाल काठमाण्डौं रहनुभएकोले उक्त अदालतका एक उच्च स्रोतले उक्त मुद्धाको बिषयमा तारिख लेख्ने र दिने कर्मचारिका बिषयमा लिखित इष्पष्टीकरण लिईएको र त्यसमा मानबिय भुलबश पर्न गएको इष्पष्टीकरणमा ति कर्मचारिले दिएका जानकारी दिनुभएको छ ।  उक्त बिषयमा बांके जिल्ला अदालतमा फैसला भएको मुद्धा नै उच्च अदालतमा पिडित भनिएको  कानुन ब्यवबसायीले अपिल नगरेको अदालत स्रोतले जनाएको छ ।

बिवादित मुद्धाका बिषयमा फैसला भईसकेकोले त्यसको सर्वोच्चमा पुर्नरावेदनका लागि सबैले सहयोग गर्नुपर्ने घटनाक्रमले देखिएको उक्त अदालत स्रोतले जानकारी दिएको छ ।