बांकेको सि गाउंमा शैक्षिक महोत्सव कै रुप हुने गरि अन्तर बिद्यालय रनिंग शिल्ड प्रतियोगिता भब्य समारोह बीच उदघाटन

२९ पुस, सि गाउं, बांके/  शैक्षिक महोत्सवको रुप झल्कने गरि सोमबार बांकेको खजुरा गाउं पालिकाले दोस्रो अन्तर बिद्यालय रनिंग शिल्ड प्रतियोगिताको एक भब्य समारोह बीच उदघाटन गरिएको छ ।
नगर उन्मुख खजुरा गाउंपालिकाको शिक्षा समितिले आयोजना गरेको र सिगाउं स्थित अमर माध्यमिक बिद्यालयले ब्यवस्थापन गरेको उक्त प्रतियोगिताका लागि स्थानिय बिभिन्न उद्योगी ब्यापारि एवम सर्व–साधरणहरुको समेत आर्थिक तथा भौतिक सहयोगमा दोस्रो अन्तर बिद्यालय रनिंग शिल्ड प्रतियोगितालाई एक शैक्षिक महोत्सव प्रदशनिकै रुपमा सोमबार उदघाटन गरिएको छ ।

बाल–बालिकाहरुलाई एक सिकाईकै रुप हुने गरि उक्त खेलकुद प्रतियोगिताको उदघाटनको क्रममा मार्चपास, बिभिन्न भेषभुसाका झांकी तथा सांस्कृतिक प्रस्तुतिहरु प्रर्दशन गरिएको थियो ।

गत पुस २५ गते उदघाटन गर्ने गरि तयारि गरिएको उक्त प्रतियोगिता बर्षाको कारण स्थगित गरिएकोमा पुस २८ गते सोमबार पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सिर्पालीले एक भब्य समारोह बीच उदघाटन गर्नुभएको हो ।

आगामी माघ ३ गते समापन गर्ने गरि सुरु गरिएको उक्त प्रतियोगितामा उदघाटन सत्रमा त्यस निर्वाचन क्षेत्रका माननिय प्रदेश सांसद बाबुराम गौतम तथा इन्द्र प्रसाद खरेल, बांकेका प्रमुख जिल्ला अधिकारी कुमार प्रसाद, जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख बीर बहादुर वली,प्रहरी गुलम खजुराका प्रमुख, माधव श्रेष्ठ, खजुरा गाउंपालिकाका प्रमुख किस्मत कुमार कक्षपति, खेलकुद बिद्यालय आयोजक समितिका अध्यक्ष डम्बर बि.क., प्रदेश नम्बर ५ का पूर्व अध्यक्ष भिम वली लगायत बिभिन्न क्षेत्र तह र तप्काका प्रबुद्ध बर्ग, खजुरा गाउंपालिकामा रहेका सबै ६५ वटै बिद्यालयका बिद्यार्थी, शिक्षक/शिक्षिका एवम बिद्याथीहरुको ब्यापक उपस्थित रहेको थियो ।

प्रतियोगिताको उदघाटनको क्रममा बांकेको खजुरा खेलकुदका लागि उर्वर भुमि रहेको यस अघि यस क्षेत्रबाट बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा बिभिन्न खेलाडी सहभागी भैइसकेको उदाहरण प्रस्तुत गदै खजुरालाई खेलकुद प्रेमीहरुको समेत सहयोग रहेको बताएका छन ।

प्रमुख अतिथि तथा अतिथिहरुले बोल्ने क्रममा खेलकुदले मानव जिवनको सर्वागिंन विकासमा ठोस योगदान पु–याउने भएकाले यसलाई एक शैक्षिक बिकासको रुपमा अगाढी बढाउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा टाढाबाट आएका अतिथि तथा सहभागीहरुका लागि स्थानिय स्तरमा नै खाना तथा बांस स्थानको लागि पनि ब्यवस्था गरिएको ब्यवस्थापन पक्षले जानकारी दिएको छ ।