कोहलपुरका वडा अध्यक्ष भारतको बहराइचमा मुत्यू प्रकरण :बैकले मर्न बाध्य पारेको आशंका, सिसि क्यामेरा फुटेजमा मंगलबार १०:१४ मा भारत प्रबेश

घटनास्थल भारतको बहराइच पुगेर भारतिय प्रहरीसंग घटनाको जानकारी लिदै माननिय सांसद गहतराजको टोली र भारतिय प्रहरी

२ माघ,नेपालगञ्ज/ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का बुधबार बिहान मृत अवस्थामा फेला परेका छन ।
परिवारजनका अनुसार वडा अध्यक्ष कृष्णबहादुर खड्का सुर्खेतको मेहलकुना जाने भन्दै मंगलबार बिहान ७ बजे घरबाट निस्किएकोमा बुधबार दिउँसो भारतको बहराइचमा रहेको शंकर होटलको बन्द कोठामा शव भेटिएको छ।

घटना बारे बुझ्नका लागि बुधबार  कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका नेता अपरान्ह ३ बजे बहराइच पुगेको प्रहरीले जनाएको छ । उक्त घटनामा सम्वन्धमा गरिएको प्ररारम्भीक अनुसन्धानको क्रममा सुर्खेत जान्छु भनी घरबाट हिडेका अध्यक्ष मंगलबार बिहान १० बजेर १४ मिनेटमा नेपालगञ्जको जमुनहाबाट भारत तर्फ लागेको सिसि क्यामरामा देखिन्छ ।

भारतको बहराइचमा रहेको शंकर होटेलमा बुधबार अपरान्ह सम्म कोठाको ढोका बन्द रहेको र कोही नबोलेपछी होटेल सञ्चालकले भारतिय प्रहरीलाई बोलाएर भारतिय प्रहरीले नै उक्त होटेलको कोठाको ढोका फोडेर हेर्दा अध्यक्षको शब फेला परेको बताइएको छ ।
त्यहां  के –  कसरीमुत्यू भयो ! बिषयमा बहराइच स्थित अस्पतालमा शब पोष्ट मार्डमको लागि राखिएको छ भने भारतिय प्रहरीले प्ररारम्भीक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

उक्त घटनापछी बुधबार नै बांकेका माननिय सांसद महेश्वर गहतराज लगायतको टोली घटनास्थलमा पुगेर फर्किएको छ भने आज बिहिबार नेपाल प्रहरी भारतिय प्रहरीको सहयोगमा आज फेरि त्यस तर्फ गएर आवश्यक प्रक्रिया पुरा गरि शब लिएर आउने बताइएको छ । उक्त घटनामा गरिएको अनुसन्धानको क्रममा नेपालमा रहेको एक बैकले मर्न  दुरुत्साहन गरेको हुनसक्ने पनि प्ररारम्भीक अनुसन्धानले देखाएको स्रोतले जनाएको छ ।