हाम्रो संरचना बिहिबार, फाल्गुन ८, २०७६ 194 Views

# जयपती ढकाल

८ माघ, नेपालगञ्ज/  पश्चिम नेपालको एतिहासिक तथा ब्यापारिक शहर नेपालगञ्ज र यस वरपर रहेका उद्योगि तथा ब्यापारीहरुले यहि माघ ११ गते आफनो अमुल्य मतदान गरिे नेपालगञ्ज उद्योग बाणिज्य संघको नेतृत्व छनौट गर्दैछन ।

कोहलपुर क्षेत्रका ब्यापारी बाहेक बांके जिल्लाका अन्य क्षेत्र खजुरा, जानकी, बैजनाथ, राप्ती सोनारी र नेपालगञ्ज उप–महानगरपालिकामा रहेका उद्योगि ब्यापारीहरु सदस्य रहेको नेपालगञ्ज उद्योग बाणिज्य संघमा यस पटक ३ हजार ४९ जना मतदाता रहेका छन ।

कोहलपुर नगरपालिका क्षेत्रका ब्यापारीहरुको समूहगत प्रबेशमा नेपालगञ्ज उद्योग बाणिज्य संघको ततकालिन नेतृत्वले रोक लगाएपछी कोहलपुरका ब्यापारीहरुले आफनै कोहलपुर उद्योग बाणिज्य संघमा आबद्ध भएका थिए ।

गत बर्षको तुलनामा अलिकती भए पनि कम खर्चमा सम्पन्न हुन गैइरहेको निर्बाचनमा २ वटा गुटको लबीमा नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्बाचन सम्पन्न हुन गैरहेको छ ।

यस पटकको निर्बाचनमा राजनितिक रुपमा दुबै गुटमा जस्ले जितेपनि नेकपाले नै जित्ने अवस्था सृर्जना भएको छ । मधेश आन्दोलको क्रममा बांकेबाट अतिबादी राजनितिक बिचारधाराको नेतृत्व ब्यवहारमा प्रयोग गरिसक्नुभएका ललित कुमार रौनियार मधेशका बिभिन्न पार्टीहरु हुदै केही बर्ष अघि नेकपा माओबादीमा सक्रिय राजनितिमा रहनुभएको थियो ।

नेकपा र माओबादी राजनितिक पार्टी एकतापछी बनेको नेकपा पार्टीमा ललित रौनियार सदस्य रहनुभएको थियो । नेपालगञ्ज उद्योग वाणिज्य संघमा नेकपाबाट टिकट यसपटक नेपालगञ्जका रैथाने ब्यापारीहरु तथा समूदायको सम्मानको लागि नेपालगञ्ज उद्योग बाणिज्य संघको बर्तमान बरिष्ठ उपाध्यक्ष चुन्नालाई दिनुपर्ने अवस्था नेकपा नजिकका ब्यापारीहरुको माग देखेपछी ललित कुमार रौनियार बिकल्पको खोजीमा रहेको अवस्थामा राप्रपा लगायतको केही मधेशबादी  राजनितिक दलहरुको सहयोगमा एउटा गुटको नेतृत्व गदै रौनियार नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्ष पदको लागि दौडको लाइनमा रहनु भएको छ ।

नेपाली कांग्रेसले आफना तमाम पुराना तथा प्रभावशाली र समाजमा आफनो बेग्लै पहिचान र छबी बनाएका उद्योगी ब्यापारीहरु मध्यबाट बिगतमा नेतृत्व लिन अग्रसर गराउने गरेकोमा बिगत २ कार्यकाल यता नेपालगञ्ज उद्योग बाणिज्य संघको प्रमुख नेतृत्व पदमा खासै चासो राखेको देखिदैन ।

राप्रपाका नेता तथा कार्यकर्ता ललित रौनियारको पक्षमा खुलेरै लागेका छन भने नेपाली कांगेसले रौनियार लाई साथ र आफनो उम्मेद्धार भने पनि नेकपाकै मानिस भएको आशंमा खासै चासो नदेखाएको उम्मेदवारहरु मध्यकै गुनासो रहेको छ ।

नेपालगञ्ज उद्योग बाणिज्य संघमा रहनुभएका ३ हजार ४९ जना सदस्य मध्य करीब साढे ५ सय मुस्लीम ब्यापारी सदस्य रहेका छन भने नेपालगञ्ज उद्योग बाणिज्य संघको इतिहास मै पहिलो पटक मुस्लीम समूदायबाट अध्यक्ष पदको लागि चुन्ना अघि सरेको अवस्थामा यो मुस्लीम समूदायको केही मत बाहेक अधिकांस मत चुन्नालाई जाने अवस्था सृजना भएको छ ।

त्यसैगरि संघमा करीब १ हजारको हारहारीमा मधेशी समूदायका ब्यापारीहरुको मत रहेको छ । बिगतका केही मधेशबादी आन्दोलमा लागेर साम्प्रदायिक भाषाणबाजी गरेको कारण नेपालगञ्जको मुटु मानिएको त्रिभुवन चौकको बजार सुकाउन भुमिका खेलेको भन्दै मधेशी समूदायका ब्यापारीहरुबाटै आलोचना खेपेका अतिबादी नेताहरुको बिपक्षमा सदभावप्रेमी मधेश ब्यापारीहरुले आफनो अमुल्य मत जाहेर गर्ने सम्भावना रहेको छ । यो मत निर्बाचनको अघिल्लो दिन मात्र केही आंशिक रुपमा खुल्ने गरेको छ ।

त्यसैगरि अन्य समूदाय र क्षेत्रका करीब १५ सय मत जो सुकैभएपनि अतिबादीहरुको बिपक्षमा मत खस्ने सम्भावना रहेको छ ।
दुईवटै गुटमा बिभिन्न जात, धर्म, क्षेत्र बर्ग र बिभिन्न राजनितिक बिचारधार प्रति आस्था र बिश्वास राख्ने ब्यक्तीहरु उम्मेरद्धार बनेकोमा गुटको नेतृत्वमा बाहेक अन्य पदहरुमा ब्यक्तीको प्रभाव, प्रचार प्रसारले पनि प्रभाव पार्ने सम्भावना भएकाले यस पटकको निर्बाचनमा मिश्रित परिणाम आउन सक्ने सम्भावना बढेर गएको ब्यापारीहरुले आंकलन गर्नथालेका छन ।

गोप्य कुरा बाहिरिएमा समाजिकरुपमा बहिस्कृत तथा स्खलित हुनसक्नेहरु केही ब्यक्तीहरु निर्वाचनको क्रममा हाबी नभएमा नेकपाका तर्फबाट नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएका अब्दुल वाहिद मन्सुरी बर्तमान अवस्थामा नेपालगञ्ज उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष रहेकोले उमेरले पाको रहनुभएका रौनियार भन्दा युवा जोस जांगर बोकेका मन्सुरलाई निर्वाचनमा केही सहुलियत अवस्था रहेको ब्यापारिहरुको टिप्पणी रहने गरेको पाइएको छ ।