रुपन्देहीमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, ९ जना घाइते

१४ माघ,रुपन्देही/  रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा २ वटा ट्रक एकआûपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन्।

रोहिणी गाउँपालिका स्थित भीम अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्यायका अनुसार उक्ट ट्रक दुर्घटनामा मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका वडानम्बर ४ का अन्दाजी ३५ वर्षीय लालु कुर्मी र भविकन कुर्मी छन् । अर्का मृतक पूर्ण बहादुर भुजेलको ठेगाना खुलिसकेको छैन ।

उपचारार्थ भीम अस्पतालमा रहेका घाइतते मध्ये ट्रक चालक तनहुँका विरेन्द्र गुरुङ, पाल्हीनन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन छन्।

मेडिकल कलेजमा उपचार जारी रहनेमा नवलपरासी पाल्हीनन्दन ४ का २७ वर्षीय विनोद धवल, ४० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मी छन्। बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने  अनुमान गरिएको छ।