बांके बासी हात्तीपाइले रोगको उच्च जोखिममाः जनताले औषधी नखाईदिदा समस्या कायमै


१६ माघ, नेपालगञ्ज/  बांकेमा मच्चरहरुको कारणले हात्तीपाइले रोग प्रकोप बढन सक्ने उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ ।
हल्का खैरो रंगको मच्चरले हात्ती पाइले रोग सक्रमित एक बिरामीबाट अर्को साधरण नागरिकमा सजिलै गरि रोगका किटाणु सार्ने भएकाले बांकेमा यस्ता बिरामीको सख्या हाल करीब १० प्रतिशतको हाराहारीमा रहेकोमा छ ।

यस्ता बिरामीबाट अन्य साधरण बिरामी पनि मच्चरको टोकाइृबाट सजिलै प्रभाबित हुनसक्ने भएकाले बांके जिल्लमा हात्ती पाईले रोग बिरुद्धको अभियान सञ्चालन हुदै आएको छ ।

जनस्वास्थ्य कार्यालय बांकेका प्रमुख धीरजंग शाहका अनुसार बाँकेमा ६ लाख १ हजार ८ सय ७६ जनसंख्या रहेकोमा यसको कम्तीमा १० प्रतिशतमा यो रोगका किटाणु सुक्ष्मरुपमा मानव शरीरमा रहेको अवस्था छ ।

यस रोग नियन्त्रणका लागि बांके जिल्लामा बिगत १० बर्ष देखी सरकारले बषेनी करोडौं रुपैया खर्च गरेर यो रोग उन्मुलनको लागि काम गरिरहेको छ ।

हाल सम्म बांके जिल्लामा करीब २० करोडौं रुपैया खर्च भइसकेकोमा यस बर्ष पनि करीब २ करोड लागतमा यो अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य कार्यालय बांकेले जनाएको छ ।

यो अभियानका लागि लागि ४ सय १६ जना स्वास्थ्यकर्मी र ७ सय ८९ महिला स्वास्थ्य स्वयंसेविका राजनिति दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधी समाजसेवी सबैलाई परिचालन गरेर यो सफल पार्न लागिएको जन स्वास्थय कार्यालयले जनाएको छ ।

यो वर्ष माघ महिनाको २५ गतेदेखि बाँकेमा १०औं पटक हात्तिपाइले रोग विरूद्धको औषधी खुवाउँने कार्यक्रम रहेको छ । यसका लागि तीन तह संघ,प्रदेश र स्थानिय निकाय बाट खर्चको व्यवस्थापन गरिएको छ ।

यस वर्ष प्रस्तावित लुम्बिनी प्रदेशका बाँके, दाङ, बर्दिया र कपिलबस्तु सहित देशभरका १३ जिल्लामा हात्तिपाईले रोग विरूद्धको औषधी खुवाउने कार्यक्रम रहेको छ ।

सरकारले ६३ जिल्लामा यस रोगको औषधी खुवाई सकेको छ । नेपालमा सन् २००३ बाट औषधी खुवाउन सुरू गरेको थियो । सरकारले सन् २०२० मा हात्तीपाइले रोग नेपालबाट निवारण गर्ने सरकारी लक्ष्य लिएको मा बिभिन्न गलत सुचनाको कारण जनताले औषधी सेवन नगरिदिदा लक्ष्य अनुसार ृक्त आत्ती पाईले रोगको निवारण गर्ने पुरा हुन सकेको छैन ।

सरकारले करोडौं खर्च गरे पनि बांके जिल्लामा ठूलो संख्याले औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान सफल हुनसकिरहेके छैन ।
२०६७ देखि बाँकेमा हात्तीपाईले रोगविरुद्ध औषधी खुवाउने कार्य चल्दै आएको छ । अभियान सञ्चालन गर्नु पुर्व २०६६ सालमा साविकको रझेना गाविसको ६ र ७ वडामा १ सय १ जनाको रगत जाँच गर्दा २१ जनामा अर्थात २१ प्रतिशतमा यो रोग देखा परेको थियो ।

बांके जिल्लामा हात्ती पाईले रोग बिरुद्धको अभियान अन्तरगत पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरण देखि जिल्लावासीले औषधी खान कम बेवास्ता गदै आएको पाईएको छ ।

अभियानको दोस्रो वर्ष ४७.४३ प्रतिशतमा झरेको थियो । त्यसपछि ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशत र सन् २०१९ मा ५४.९८ प्रतिशतले औषधी खाएका थिए ।

औषधी सेवनका लागि जनस्वास्थ्य कार्यालयले बांकेले स्थानीय तहमा प्रभावकारी सचेतनात्मक कार्यक्रम गर्न सकेको छैन् ।
सरकारले हात्तीपाइलेको अभियान सञ्चालन गरेको जिल्लाका विरामीलाई वर्षमा १ पटक  दुई प्रकारका औषधि डीईसी र अल्बेन्डाजोल खुवाउँदै आएको छ ।  सरकारले सन् २०२० सम्म मुलुकमा हात्तीपाइले निवारण गर्न बोकेको लक्ष्य जनताले औषधी नखाइदिदा सफल हुने शंका उत्पन्न भइरहेको छ ।