हाम्रो संरचना सोमवार, चैत्र २४, २०७६ 156 Views

२७ माघ, नेपालगञ्ज/  लागु औषध प्रयोग कर्ताहरुकै गोप्य सूचनाको आधारमा गत शनिबार सांझ नेपाल–भारत सिमाना जमुनहाबाट हेलमेटमा लुकाएर नेपाल तर्फ बिक्रीको लागि ल्याउदै गरेको २०० ग्राम खैरो हिरोइन सहित एक जना भारतिय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण इकाई कार्यालय र जमुनहा स्थित प्रहरी टोलीले भारत बहराइच निवासी बर्ष २५ को अब्दुल रसिदले चलाएर ल्याएको कालो रंगको अनटेस्ट अपाची मोटरसाइकल रोकी चेकजांच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट फुकाली हेर्दा उक्त हेलमेट भित्र प्लास्टिकका ४ वटा पोकामा लुकाई राखेको खैरो हिराईन फेला पारिएको नेपाल प्रहरीले जनाएको छ ।

उक्त घटना पछी आईतबार जिल्ला प्रहरी कार्यालय बांकेले पत्रकार सम्मेलन गरि उक्त घटनाको सबिस्तार सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्ष बीर बहादुर ओलीले आईतबार सांझ करिब ७ बजे कैलालीको टिकापुर–१ की अन्दाजी २०/२२ बर्षकी बिष्णु पुरीले चलाएको र निजका भाई शिराज पुरी पछाडी बसी भारतको रुपैडिहाबाट नेपाल तर्फ आईरहेको भे९प ६५२९ नम्बरको स्कुटी शंका लागि चेकजांच गर्नेक्रममा उक्त स्कुटीको मेडगार्डमा लुकाई राखेको कालो प्लास्टिकको पोका भित्र १८ ग्राम खैरो हिरोइन फेला परेको जानकारी दिनु भएको छ ।

त्यसको लगत्तै भोली पल्ट आईतबार नेपालगञ्ज–२ का नगेन्द्र रानाले भारतको रुपैडिहाबाट नेपालगञ्ज तफ आउनेक्रममा लु १० प ७३९९ नम्बरको मोटरसाइकल रोकी चेकजांच गर्नेक्रममा भारतमा प्याक्ट्री मेड लोरी ९५ एम्पुल,बाइै नोरिफिन १०० एम्पुल र इमाजीन १०० एम्पुल बरामद गरेको छ ।

उक्त लागु औषध घटनामा राम्रो काम गरे वापत जिल्ला प्रहरी कार्यालय बांकेले ९ जना सकल तथा अधिकृतहरुलाई ठाउंका ठाउं पुस्कृत पनि गरेको जिल्ला प्रहरी प्रमुख ओलीले बताउनु भएको छ ।

शनिबार र आईतबार पक्राउ गरिएको लागु औषध खैरो हिराईनको नेपाली बजारमा प्रति ८०० मिलिग्रामको रु. ७००० का दरले १९ लाख ७ हजार ५०० रुपैया र डाइजापाम प्रति सेट १० हजारका दरले १० लाख गरि कुल २९ लाख ७ हजार ५०० रहेको लागु औषध नियन्त्रण इकाई कार्यालयका बिज्ञ तथा प्रमुख बीर बहादुर थापाले जानकारी दिनुभएको छ ।