नेपालमा यसै शैक्षिक सत्र देखी सबै कक्षाहरुमा नयां पाठ्यक्रम क्रमश लागु हुने : के के बिषय छन नयां पाठ्यपुस्तकहरुमा (विवरण सहित)

२४ फागुन, नेपालगञ्ज/ नेपालमा हरेक १० बर्षमा कक्षा १ देखी कक्षा १२ सम्मका सबै पाठयपुस्तकहरु अध्यावधी गर्ने गरिएकोमा यस बर्ष देखी क्रमागतरुपमा नयां पाठयक्रम अनुसारका नयां पुस्तकहरु प्रयोगमा आउने भएका छन ।

नेपाल सरकार, शिक्षा, बिज्ञान तथा तथा प्रविधि मन्त्रालय अन्र्तगतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले नेपालगञ्जमा एक पत्रकार भेटघाटको आयोजना गरि “ बिद्यालय शिक्षाको राष्ट्रिय पाठयक्रम प्रारुप २०७६” हाल सम्मको प्रगती विवरण सार्वजनिक गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका महानिर्देशक डा. लेखनाथ पौडेलले नेपाल सरकारले हरेक १० बर्षमा नेपाली समाज अनुकुल पाठयक्रम परिमार्जन र अध्यावधी गर्ने गरेकोमा यस अघि बिक्रम सम्वत २०६२/६३ सालमा अध्यावधी भएकोमा बिक्रम सम्वत २०७२/७३ मा अध्यावधी तथा पाठयक्रम परिमार्जन हुनुपर्नेमा बिगतमा रहेका पुराना पाठ्यक्रमहरुमा ब्यापक हेरफेर तथा पुर्नरलेखन गर्नुपर्ने भएकाले समयमा नै नयां पाठ्यक्रम आउन नसकेको जानकारी दिनुभएको छ ।

पौडेलले अब आउने नयां पाठ्यक्रम नेपाली माटो सुहाउदो र नेपाली समाजका लागि आवश्यकता अनुसार पाठ्यपुस्तक तयार पारिएको जानकारी गराउदै हालसम्मको बिज्ञानले बिकास गरेका प्रबिधिको उच्चतम प्रयोग गरिएको समेत जानकारी दिनुभएको छ ।

नेपालमा प्ररारम्भीक बाल विकास तथा शिक्षा एवम कक्षा १ देखी ८ सम्म आधारभुत र कक्षा ९ देखी १२ सम्मलाई माध्यमिक तह कायम गरि पाठ्यक्रमहरु विकास गर्ने गरिएको छ ।

नेपाली परिबेश सुहाउदो नयां लागु गर्न लागिएको नयां पाठ्यक्रमहरुमा यसै बर्ष देखी आधारभुत तह अन्र्तगत कक्षा १ देखी ३ सम्मका नयां पाठ्यपुस्तक क्रमश लागु गरिएको छ । यसै सत्र देखी कक्षा १ को र क्रमश २, ३ हुदै अन्य कक्षाहरुका लागि निर्माण गरेको नयां पाठ्यपुस्तक क्रमश लागु गर्दै जाने निति अनुरुप पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको विकास केन्द्रका महानिर्देशक डा. पौडेलले बताउनुभयो ।

नयां निर्माण गरिएको पाठ्यपुस्तहरु प्रया परिमार्जन गरिएको र नयां आउने पाठ्यपुस्तक रंगिन कलेवरमा आउने मापदण्ड बनाइएको र उक्त मापदण्ड पालना गर्ने गराउने जिम्मा स्थानिय निकायको पनि रहेको दिइएको छ ।

नयां आउने पाठ्यक्रमहरुमा कुन तहमा के के छन हेर्नुहोस विवरणहरु……