ह्याप्पी होलीमा नेपालगञ्जको धम्बोजीमा कोरोना भाईरस बिरुद्धको सन्देश सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको प्रस्तुती

 

२७ फागुन, नेपालगञ्ज/  समाजिक सदभाव, भाईचार एकता र मित्रताको प्रगाढ स्नेह भावलाई प्रकट गर्ने माध्यमको रुपमा मनाउदै आएको होली पर्व आज मंगलबार तराईका जिल्लाहरुमा थप रौनकताका साथ मनाउने क्रम जारि छ ।

नेपालगञ्जमा यस पटकको होली मिलनका क्रममा इस्टमित्र संग भेटघाट र अबिर दलेर यो पर्व मनाउने क्रममा कोरोना भाईरस जस्ता प्राण घातक रोगबाट आफु पनि बचौं र अरुलाइृ पनि बचाउ भन्ने सन्देश सहित मनाउने गरिएको छ ।

होली पर्वको अवसरमा नेपालगञ्जबाट सञ्चालित सेटेलाईट टेलीभिजन जि नेपाल एचडी टेलीभिजनले नेपालगञ्जको धम्बोजीमा आज मंगलबार ११ बजे देखी २ बजेसम्म होली उत्सव कार्यक्रमको आजोजना गरेको टेलीभिजन निर्देश आशिष गुप्ताले जानकारी दिनुभएको छ ।

सामाजिक सदभाव र भाईचारको सन्देश सहित यस पटकको उक्त सडकमा आयोजना गरिएको होली उत्सवमा कोरोना भाईरस बिरुद्धको जनचेतना मुलक संन्देश प्रवाह गर्न मेडिकल हेल्थ हेल्प डेस्क समेत राखीएको आयोजकहरुले जानकारी दिनुभएको छ ।

उक्त उत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सन्देश तथा मनोरञ्जनात्मक प्रस्तुती राखिएको जि नेपाल टेलीभिजनका कार्यक्रम निर्देशक कमल बिके निर्मोहीले बताउनु भएको छ ।