नि:शुल्क लेखिएको सेनिटाइजर बिक्री गर्ने दीपक अग्रवालको कमला मेडिसिन काण्ड के हुदैछ ? को–को छन संंलग्न छानबीनमा (फलोअप)

४ बैशाख, नेपालगञ्ज/ नेपालगञ्ज स्थित कमला मेडिसिनमा मंगलबार सांझ छापा मारेको नेपाल प्रहरीले बुधबार दिनभरी नै छानबीन तथा अनुसन्धान जारि राखेको छ ।

गत मंगलबार एसआर ड्रग ल्याब्रोटरी प्रा.लि.संतुंगल काठमाण्डौले उत्पादन गरि नेपाल सरकारलाई निशुल्क रुपमा उपलब्ध गराएको स्यानिटाइजर नेपालगञ्ज स्थित कमला मेडिसिनले बिक्री गरेको भनि समाजिक सञ्जाल लगायत मिडियामा सार्वजनिक भएपछी प्रहरीले छापा मारी कमला मेडिसिन सप्लायर्स सिल गरेको थियो ।

उक्त घटनापछी जिल्ला प्रहरी कार्यालय बांके, नेपालगञ्ज स्थित औषधी ब्यवस्था बिभाग, जिल्ला जनस्वाथ्य कार्यालय बांके, जिल्ला प्रशासन कार्यालय बांके लगायतको टोलीले छानबीन तथा सोधपुछ जारि राखेको छ ।

घटनाको २ दिन अघिमात्र करीब २ ट्रक माल ल्या्एका कमला मेडिसिनका दीपक अग्रवालले आफुले (नटफर सेल्स र सप्लायर्स फर एमओएचपी) अर्थात बिक्रीका लागि नभएको र स्वास्थ्य तथा जनसख्या मन्त्रालयको लागि मात्र सप्लायर्स लेखिएको स्यानिटाइजर खरिद गरि बिक्री गर्ने कार्यमा केही गल्ती भएको स्वीकारेको अनुन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिनुभएको छ ।  सो अधिकृतका अनुसार दीपक अग्रवालले पत्रकारहरुले आफुबाट पैसा झार्न सकिन्छ कि भनेर समाचार बनाएको आरोप लगाएको समेत  हाम्रोसंरचनासंगको कुराकानीमा जानकारी दिनुभएको छ ।

नटफर फर सेल्स लेखिएको स्यानिटाइजर बिक्रेता कमला मेडिसिनका दीपक अग्रवालले प्यूठान जिल्लामा दर्ता गरि नेपालगञ्जको कारकादोको बस पार्क बाइपास रोडमा गोदाम राखी कारोबारो गरिरहेका लोक बहादुर शाहीको नाममा रहेको एलबी मेडिसेल्स प्रालिबाट उक्त निशुल्क लेखिएको स्यानिटाइजर खरिद गरेको पाइएकोे छ ।

लोक बहादुर शाहीले आफनो फर्म एलबी मेडि सप्लायर्सका लागि फेरि आफनै श्रीमतीको नाममा रहेको हिल्स मेडि सप्लायर्स प्रालि नामक संस्थाबाट खरिद गरेको बील बनाएको पाइएको छ ।

श्रीमतीको नाममा भएपनि लोक बहादुर शाहीले श्रीमतीको नाममा रहेको कम्पनीबाट स्यानीटाइजर खरिद गरेको बील बनाएर आफनो नाममा रहेको कम्पनिले खरिद गरेको देखाएर आफनो नामको कम्पनिले दीपक अग्रवालको कमला मेडिसिनका नाममा बिक्री गरेको बील बनाइएको छ ।
एकातिर नटफर सेल्स र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयलाई मात्र सप्लायर्सका लागि लेखिएको स्यानिटाइजर ब्यावसायिक बजारमा बिक्री बितरण भएको घटनामा अफनो तर्फबाट पनि केही कमजोरि भएको बताउनु भएको छ ।

स्यानिटाइजर उत्पादक कम्पनी एसआर ड्रग ल्याब्रोटरी प्रा.लिका ब्यवस्थापक अमित अग्रवालले औषधी उत्पादक कम्पनीहरुले सरकारी कार्यालयहरुले औषधी खरिदका लागि टेण्डर आव्हान गरि स्वीकृत भएको अवस्थामा मात्र स्थानिय औषधी सप्लायर्सहरुबाट यस्तो नटफर सेल्स भनी डाइरेक्ट सरकारका निकायलाई औषधी सप्लाई गर्ने ब्यवस्था रहेको तर टेण्डर स्वीकृत नभएको अवस्थामा औषधीको मुल्य दर रेट, गुणस्तरिय मापन पनि नखुल्ने र अन्य मुल्य खुलेका आफनै बिक्रेतालाई समान बिक्रीका लागि समस्या उत्पन्न हुने बताउदै यसरी बजारमा बिक्री बितरणमा बजारमा समान जानु केही कमि कमजोरी रहेको र यस्ता कमजोरीहरु आगामी दिनमा सच्याउने बताउनु भयो ।

हा गाउं–गाउंमा छिटो भन्दा छिटो स्यानीटाइज आवश्यक परेकोले केही प्रक्रियाहरु मिचेर स्यानिटाइजर औषधी सप्लार्यबाट माग भएकाले बिगतमा टेण्डरबाट आफनो अन्य उत्पादनहरु उठाउने पार्टीको आग्रहमा समान दिइएको अग्रवालले स्वीकादै अहिल्यको बिशेष परिस्थितीमा गरिएको गल्ती अन्य अवस्थामा सुधार्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

यसरी नटफर सेल्स लेखि मन्त्रालयलाइ मात्र सप्लार्यसका लागि उत्पादन गरिएको स्यानीटाइजर सप्लायर्स मार्फत बजारमा आएको बिषयमा अग्रवालले मुल्य नै नहालेर औषधी उत्पादन तथा सप्लाई गर्ने कार्य उकास्ने र बाध्यता पार्ने काम सम्वन्धीत मन्त्रालय र बिभाग पनि दोषी रहेको बताउनु भयो ।

सम्बन्धित शीर्षक